अफगानिस्तानको राष्ट्रपतिमा घानी निर्वाचित

एजेन्सी

काबुल —  राष्ट्रपतीय चुनाव सकिएको झन्डै पाँच महिनापछि अफगानिस्तानको निर्वाचन आयोगले वर्तमान राष्ट्रपति असरफ घानीलाई नै मंगलबार निर्वाचित घोषणा गरेको छ । स्वतन्त्र निर्वाचन आयोगका अनुसार गत सेप्टेम्बर २८ मा भएको राष्ट्रपतीय चुनावमा घानीले ५०.६४ प्रतिशत मत प्राप्त गरेका छन् । 

अफगानिस्तानको राष्ट्रपतिमा घानी निर्वाचित

उनका निकटतम प्रतिद्वन्दी वर्तमान प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गरेको आयोगलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । धाँधली गरेको आरोप लागेपछि पुनः मतगणाना भएकाले परिणाम सार्वजनिकमा ढिलाइ भएको थियो ।


आन्तरिक गृहयुद्धमा फसेको अफगानिस्तानमा पछिल्लो पाँच वर्ष एकताको सरकारको नाममा घानी र अब्दुल्लाहले शक्ति बाँडफाँड गर्दै आएका छन् । यसअघि सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लागेपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा एकताको सरकार गठन गरिएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?