३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कोरोना प्रकोप : मृतकको संख्या २ हजार नाघ्यो

पहिलो पटक संक्रमितभन्दा निको हुनेको संख्या बढेको चीनको दाबी
एजेन्सी

बेइजिङ — कोरोना भाइरसका कारण बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मंगलबार चीनमा थप १३६ जनाको मृत्यु भएको छ ।

कोरोना प्रकोप : मृतकको संख्या २ हजार नाघ्यो

बुधबार बिहानसम्म कोरोना भाइरसका कारण चीनमा मात्रै दुई हजार ४ जनाको मृत्यु भएको छ । यस बाहेक फिलिपिन्स, ताइवान, हङकङ, जापान र फ्रान्समा एक–एक जना गरी ५ जनाको मृत्यु भएको छ ।

मंगलबार चीनमा थप एक हजार ७ सय ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ । बुधबार बिहानसम्म चीनमा कोरोना संक्रमितको संख्या ७४ हजार एक सय ८५ पुगेको छ । त्यस्तै विश्वका विभिन्न २८ मुलुकमा गरी एक हजारभन्दा बढी संक्रमित भएका छन् । बुधबार बिहानसम्म विश्वभर ७५ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।


चिनियाँ स्वास्थ्य आयोगका अनुसार पछिल्लो समय संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार बिहानसम्म हुबेईमा मात्रै ९ हजार एक सय र चीनभर १४ हजार ४ सय ४९ जना निको भएको स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?