कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

एजेन्सी

बेइजिङ —  कोरोना भाइरसका कारण वुहानमा एक अस्पतालका निर्देशककै मृत्यु भएको छ । भाइरसको उद्‍गमस्थल वुहानको वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्  ।

कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

केही चिनियाँ सञ्चारमाध्यमले सोमबार नै निर्देशक झिमिङको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए । तर चिनियाँ अधिकारीहरुले निर्देशक झिमिङ अस्पतालमा उपचाररत भएको बताएपछि ती समाचार सच्याइएको थियो ।

त्यस्तै गार्डियनका अनुसार हुबेईकै इझौ सिटी मेडिसिन हस्पिटलका पूर्व निर्देशक चु डेपुको गत हप्ता मृत्यु भएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीकै मृत्यु भएको समाचार सार्वजनिक भइरहेको छ ।

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

नोवल कोरोना भाइरसका कारण हालसम्म चीनमा एक हजार ८ सय ६८ जनाको मृत्यु भएको छ ।

यस बाहेक फिलिपिन्स, ताइवान, हङकङ, फ्रान्स र जापानमा एकएक जना गरी पाँच जनाको मृत्यु भएको छ । चीनमा मंगलबार बिहानसम्म संक्रमितको संख्या७ हजार ४ सय २९ पुगेको छ । यसबाट संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार नाघेको छ

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र यसबाट ज्यान गुमाउनको संख्यामा कमी आएको बताएको छ

प्रकाशित : फाल्गुन ६, २०७६ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?