कश्मीर मामिलामा राष्ट्रपति एर्दोगानको अभिव्यक्तिपछि भारतद्वारा टर्कीका राजदूतसँग सोधपुछ

कान्तिपुर संवाददाता

नयाँदिल्ली — कश्मीरको विषयमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दिएको अभिव्यक्तिलाई लिएर भारतले टर्कीका राजदूत साकिर ओज्कन टोरुन्लारसँग सोमबार सोधपुछ गरेको छ । कश्मीरको विवादित क्षेत्रबारे एर्दोगानले बोलेका विषयबारे राजदूतसँग सोधपुछ गरिएको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ 

कश्मीर मामिलामा राष्ट्रपति एर्दोगानको अभिव्यक्तिपछि भारतद्वारा टर्कीका राजदूतसँग सोधपुछ

‘टर्कीले कसरी अन्य राष्ट्रका आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भन्ने यो पछिल्लो उदाहरण हो । भारत यसलाई पूर्ण रूपमा अस्वीकार गर्छ,’ विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले उल्लेख गरेका छन् ।


पाकिस्तान भ्रमणका क्रममा गत साता एर्दोगानले भारत प्रशासित कश्मीरमा लागू गरिएको नयाँ कानुनकै कारण त्यस क्षेत्रको अवस्था खराब हुँदै गएको बताएका थिए । पाकिस्तानी संसद्‌मा गरिएको सम्बोधनमा उनले दबाबमा कश्मीर समस्या समाधान हुन नसक्ने भन्दै त्यहाँका जनताप्रति टर्कीको ऐक्यबद्धता रहेको बताएका थिए । भारतले गत अगस्टमा कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरेर केन्द्र प्रशासित छुट्टै दुई राज्य बनाएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?