३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेलायतमा समुद्री आँधी, २०० भन्दा बढी स्थानमा बाढीको चेतावनी

एक महिलाको मृत्यु
कान्तिपुर संवाददाता

लन्‍डन — बेलायतमा समुद्री आँधी ‘डेनिस’ सहितको वर्षाले जनजीवन प्रभावित भएको छ । निरन्तर पानी परेपछि कैयौं ठाउँमा बाढी आएको छ । जसका कारण एक महिलाको मृत्यु भएको छ भने कैयौं स्थानका यातायात अवरुद्ध भएका छन् । अझै २०० भन्दा बढी स्थानमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । 

बेलायतमा समुद्री आँधी, २०० भन्दा बढी स्थानमा बाढीको चेतावनी

दक्षिणी वेल्समा कैयौं सडक र रेलसेवा अवरुद्ध भएको छ भने क्रिकहवेल र पोविसका केही घरभित्र पानी पसेपछि स्थानीयलाई उद्धार गरिएको छ । मनमथसायर र निथका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

इंग्ल्यान्ड र वेल्समा बाढीका कारण मानिसका ज्यान जान सक्ने भन्दै सचेत रहन भनिएको छ । योर्कमा रहेको ओस नदी सन् २००० यताकै उच्च तहमा आउन सक्ने वातावरणविद्लाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो ४८ घण्टामा परेको पानीको मात्रा एक महिनाकै जति भएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?