कोरोना भाइरसले चीनमा १ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, ६ जनाको मृत्यु
बेइजिङ — चीनमा कोरोना संक्रमितको उपचारमा खटिरहने स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिक्सिङले शुक्रबार १ हजार ७१६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको जनाएका छन् । जसमा मंगलबारसम्म ६ जनाको मृत्यु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै झेङले संक्रमित स्वास्थयकर्मीको संख्या बढ्दै गएको बताए ।
चिनियाँ अधिकारी तथा अस्पतालहरुले पटक-पटक प्रोटेक्टिभ इक्विपमेन्टको अभाव भएको बताइरहेका छन् । मास्कहरु पनि अभाव हुन थालेको छ ।
शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ९१ पुगेको छ । त्यसमध्ये हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ ।
सम्बन्धित समाचार
प्रकाशित : फाल्गुन २, २०७६ १६:०१कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु
कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु
प्रतिक्रिया