अन्टार्क्टिकाको तापक्रम पहिलो पटक २०.७५ डिग्री सेल्सियस

एजेन्सी

काठमाडौँ — वैज्ञानिकहरुले अन्टार्क्टिकामा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको बताएका छन् । अन्टार्क्टिका महाद्वीपमा पहिलो पटक २०.७५ डिग्री सेल्सियस (६९.३५ डिग्री फहरेनहाइट) मापन गरिएको अनुसन्धानकर्ताहरुले बिहीबार जानकारी दिएका छन् ।

अन्टार्क्टिकाको तापक्रम पहिलो पटक २०.७५ डिग्री सेल्सियस

‘हामीले अन्टार्क्टिकामा यत्रो तापक्रम बढेको कहिल्यै थाहा पाएका थिएनौं,’ ब्राजिली वैज्ञानिक कार्लोस सेफरले एएफपीसँगको कुराकानीमा भनेका छन् । कार्लोसका अनुसार फेब्रुअरी ९ मा सेमोर आइल्यान्डबाट २०.७५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।


अर्जेन्टिनाका वैज्ञानिकहरुले यसअघि फेब्रुअरी ६ मा अन्टार्क्टिकाको तापक्रम १८.३ डिग्री सेल्सियस पुगेको बताएका थिए । मानवीय गतिविधिका कारण विश्वमै जलवायु परिवर्तनको असर देखिएको र अन्टार्क्टिकामा पनि त्यसको प्रभाव परेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । अन्टार्क्टिकाको ‘ग्लेसियर’ र ‘आइस शीट’ पग्लिँदै जाँदा समुद्री सतह बढ्दै गएको र त्यसको प्रत्यक्ष प्रभाव समुद्री किनारमा रहेका सहरहरु र साना टापु देशहरुमा परेको पनि वैज्ञानिकले बताएका छन् ।


यसअघि मार्च २४, २०१५ मा अन्टार्क्टिकाको तापक्रम १७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९६१ देखि अन्टार्क्टिकाको तापक्रम मापन सुरु गरिएको हो ।

प्रकाशित : फाल्गुन २, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?