१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना लागेकी एक जापानी वृद्धाको मृत्यु

एजेन्सी

जापान — जापानमा काेराेना संक्रमण भएकी एक वृद्धाको मृत्यु भएको छ । जापानका स्वास्थ्यमन्त्री कातसुनोबु कातोका अनुसार ८० वर्ष पार गरेकी ती वृद्धा टोकियो सिमा पारी रहेको कानागावाकी हुन्।

कोरोना लागेकी एक जापानी वृद्धाको मृत्यु

स्वास्थ्यमन्त्रीले काेराेना भाइरसबाटै उनको निधन भएको हो, हाेइनन् भनेर बताएनन् । ‘नयाँ कोरोना भाइरस र ती वृद्धाको सम्बन्धमा हामी स्पष्ट छैनौं ।’ बिहीबार साँझपखको प्रेस सम्मेलनमा उनले भने, ‘यो कोरोना पोजेटिभको मृत्यु भएको पहिलो घटना हो ।’

भाइरस लक्षण देखिएपछि ती महिलालाई फेब्रुअरीको सुरुवातमा अस्पताल भर्ना गरिएको थियो ।

टोकियोमा एकजना ट्याक्सी ड्राइभर कोरोना भाइरस पोजेटिभ रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । सरकारी अधिकारीहरुका अनुसार उनले ट्याक्सीमा चिनियाँ पर्यटक बोकेको हुने आशंकामा स्वास्थ्य अधिकारीहरुले उनलाई कोरोना कसरी लाग्यो भन्ने बारे जाँचपड्ताल गर्दैछन् ।

पश्चिमी जापानको वाकायामा प्रिफेक्चरमा एकजना डाक्टरमा पनि कोरोना पोजेटिभ भेटिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

जापानमा हालसम्म २५० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २१८ जना डायमन्ड प्रिन्स क्रुज जहाजका यात्रुहरु हुन् । उनीहरुलाई टोकियो नजिकै योकोयामामा राखिएको थियो ।

यो घटनासँगै कोरोनाका कारण चीनबाहिर मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको थियो ।

कोरोना प्रकोपबाट हालसम्म संसारभर ६० हजार मानिसहरु संक्रमित भएका छन् भने १३ सयको यसबाट मृत्यु भइसकेको छ ।

प्रकाशित : फाल्गुन १, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?