नोवल कोरोना भाइरस संक्रमित पुष्टि गर्न नयाँ विधि

एजेन्सी

काठमाडौँ — चीनले नोवल कोरोना संक्रमित पुष्टि गर्न नयाँ विधि लागू गरेको छ । संक्रमितको अवस्था हेरेर वर्गीकरणको नयाँ प्रणाली लागू गरिएको चिनियाँ स्वास्थ्य आयोगले उल्लेख गरेको छ ।

ZenTravel

यसअघि ‘न्युक्लेइक एसिड’ परीक्षणका आधारमा संक्रमित पुष्टि गरिन्थ्यो। नयाँ विधिअनुसार संक्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ। भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा लागू गरिएको विधिले संक्रमण निदानको दायरा फराकिलो बनाउने दाबी गरिएको छ। भाइरस प्रकोप नियन्त्रणमा उचित कार्य गर्न नसकेको भन्दै हुबेई र वुहानका उच्च अधिकारी हटाइएकै दिन मंगलबार संक्रमण पहिचानका लागि नयाँ विधि लागू गर्ने घोषणा गरिएको थियो। संक्रमण नियन्त्रणमा काम गर्न नसकेको भन्दै व्यापक आलोचना भएपछि ती अधिकारी बर्खास्त गरिएका थिए।

हुबेईले संक्रमितको पहिचान र उपचारलाई तीव्रता दिन संशोधित निदान र उपचार योजना अपनाएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले दिएका छन्। निमोनिया भएकाको पहिचान गर्न ‘क्लिनिकल डाइग्नोसिस केस’ नयाँ उपचार प्रणालीमा राखिएकाले जतिसक्दो चाँडो बिरामीबारे जानकारी हुने र संक्रमण पुष्टि भए उपचार गर्न सकिने उनले बताए। नयाँ प्रक्रियाले बिरामीको संख्या र मृत्युदर घटाउन सहयोग पुग्ने प्रवक्ता मीको भनाइ छ।

वुहानस्थित दुई अस्पतालमा उपचाररत बिरामीको उपचार गर्ने जिम्मेवारीसहित थप दुई हजार ६०० सैन्य स्वास्थ्य अधिकारी पनि खटाइएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। यसबाहेक चीनका अन्य सहरबाट १८९ स्वास्थ्य टोलीमा रहेका २१ हजार ५६९ अधिकारी पनि हुबेई पठाइएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ। थप सहयोगका लागि १७ प्रान्तबाट हजार चिकित्सक, एक हजार ६८१ नर्स र २१३ विज्ञ बुधबार वुहान पठाइएको छ। त्यसैगरी तीनटा मोबाइल पी थ्री प्रयोगशाला पनि वुहान पुर्‍याइएको छ।

प्रकाशित : फाल्गुन १, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोनाको डरले 'मोबाइल कंग्रेस' रद्द

एजेन्सी

बार्सिलोना — स्पेनको बार्सिलोनामा हुँदै आएको मोबाइल उत्पादक कम्पनीहरुको विश्व सम्मेलन 'वर्ल्ड मोबाइल कंग्रेस' यस वर्ष रद्द गरिएको छ ।

फेव्रुअरी २४ देखि २७ सम्म हुने भनिएको सम्मेलन एक दर्जनभन्दा बढी मोबाइल र अन्य कम्पनीहरुले कोरोनाको त्रास देखाउँदै आफ्ना प्रतिनिधि नपठाउने भएपछि रद्द भएको हो। कोरोनाको डरले रद्द भएको यो अहिलेसम्मको ठूलो समारोह हो ।

बुधबार दिउसोसम्ममा नोकिया, फेसबुक, डच टेलिकम, भोडाफोन , इन्टेल , एलजी , सोनी र अमेजन लगायतले सम्मेलन सुरक्षित नभएको भन्दै आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेका थिए । भोडाफोनले एक विज्ञप्ति जारी गर्दै खतराको मात्रा मापन गर्न नसकिएकाले आफ्ना कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै सहभागी नहुने निर्णय गरिएको जनाएको छ ।

स्पेनमा हालसम्म कोरोनाका जम्मा दुईजना विरामी देखिएका छन् । स्पेनका स्वास्थ्यमन्त्रीले स्वास्थ्य संकटकाल घोषणा गर्न बुधबारमात्रै अस्वीकार गरेका थिए । सम्मेलन रद्द हुँदा आयोजक र बार्सिलोना सहरलाई ठूलो आर्थिक घाटा हुने बताइएको छ ।

समाचारहरुमा जनाइएअनुसार सम्मेलनमा चीनियाँ कम्पनी हुबावेका मात्रै ५ देखि ६ हजार कर्मचारी प्रतिनिधि उपस्थित हुने तयारी थियो । यसैको डरले अन्य कम्पनीहरु पछि हटेका हुन् ।
सम्मेलन आयोजकले पछिल्लो दुई हप्तामा चीन भ्रमणमा गएका कसैलाई पनि प्रवेश नदिने बताएका थिए ।

प्रकाशित : फाल्गुन १, २०७६ १६:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×