कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले दियो नयाँ नाम

(एजेन्सी)

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्रकोपले ६ हप्ता पार गरिसक्दा विश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई नयाँ नाम दिएको छ ।

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले दियो नयाँ नाम

विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर टेडरोस घेब्रेयेसुसले मंगलबार जेनेभामा आयोजित एक कोरोना भाइरसलाई नयाँ नाम ‘कोभिड–१९’ नाम दिएका हुन् । यसको पूरा नाम भने 'कोरोना भाइरस डिजिस-२०१९' हो । । उनका अनुसार यो नामले कोरोना रोग २०१९ लाई प्रतिनिधित्व गर्छ ।

टेडरोसले कुनै जनावर, स्थान र मानिसको सन्दर्भ नराखी यस्तो नाम दिएका हुन् । कोरोना भाइरसका कारण संसारभर ४३ हजारभन्दा बढी मानिसहरु संक्रमित छन् भने १ हजार १८ जना मानिसको मृत्यु भइसकेको छ ।

प्रकाशित : माघ २८, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?