१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पपुआ न्यू गिनीमा ६.२ म्याग्‍निच्यूडको भूकम्प

एएफपी

सिड्नी — पपुआ न्यू गिनीमा आइतबार ६.२ म्याग्‍निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भएपनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।

पपुआ न्यू गिनीमा ६.२ म्याग्‍निच्यूडको भूकम्प

यूएसजीएसका अनुसार पपुआ न्यू गिनीको राजधानीबाट करिब १ सय २२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपरान्‍ह ४ बजे भूकम्प गएको थियो ।


अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराइ कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महसुस गरेको हुन सक्‍ने बताए ।


पपुआ न्यू गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो ।

प्रकाशित : माघ २६, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?