थाइल्यान्ड गोलीकाण्ड : २१ जनाको हत्या गर्ने सैनिक जवान मारिए

एजेन्सी

बैंकक — अन्धाधुन्ध गोली चलाएर २१ जनाको ज्यान लिने सैनिक जंकराफंथ थोमालाई त्यहाँको सशस्त्र बलले मारेको छ । थाइल्यान्ड प्रहरीका अनुसार जंकराफंथ थोमा लाई नाखोन रातचासिमा सहरमा गोली हानि मारिएको हो ।

थाइल्यान्ड गोलीकाण्ड : २१ जनाको हत्या गर्ने सैनिक जवान मारिए

ती सैनिक जवानले शनिबार सशस्त्र क्याम्पबाट हतियार चोरी गरेर नाखोन रातचासिमामा रहेको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गोली काण्डमा २१ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते छन् ।

थाइल्यान्डको गोलीकान्डमा मृत्यु हुनेको संख्या २१ पुग्यो, ३१ जना घाइते

आइतबार बिहान जन स्वास्थ्य मन्त्री अनुटिन चर्नभिरकुलले फेसबुकमार्फत थाई प्रहरी र सशस्त्र अफिसरहरुले उत्तरीपूर्वी थाई सहरमा ती सैनिकको हत्या गरेकोमा धन्यवाद पोस्ट लेखेका छन् ।

गोली काण्डलाई उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक पनि गरेका थिए । तर केही समयमै फेसबुकले उनकाे फेसबुक नै हटाएको बताएकाे थियो । गोली काण्ड उनले किन मच्चाए भन्नेबारे यकिन जानकारी आइसकेको छैन ।

प्रकाशित : माघ २६, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?