कोरोनाको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु

एजेन्सी

बेइजिङ — नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ । हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको चीनस्थित अमेरिकी दूतावासले पुष्टी गरेको छ ।

'कोरोना भाइरसबाट संक्रमित ६० वर्षीया अमेरिकी महिलाको वुहानको जिनयानतिङ अस्पतालमा मृत्यु भएको छ । उनको फेब्रुअरी ६ मामृत्युभएको हो,' अमेरिकी दूतावासका प्रवक्ताको भनाइ उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।वुहानमा पहिलो विदेशी नागरिकको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन्।

त्यस्तै, कोरोना भाइरसको उद्‍गम स्थल मानिएको हुवेई प्रान्तको राजधानी वुहानमा नै एक जापानी नागरिकको निमोनियाबाट मृत्यु भएको बताइएको छ।

जापानको विदेशमन्त्रालयले चिनियाँ स्वास्थ्य सेवाका अधिकारीहरूलाई उदृत गर्दै आफ्ना ६० वर्षीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। ती व्यक्तिको मृत्यु निमोनियाबाट भएको बताइए पनि उनमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ।

अहिलेसम्म जापानमा कोरोनाको संक्रमण नरहेको जापानको विदेश मन्त्रालयले जनाएको छ।

नोवल कोरोना भाइरसबाट शुक्रबार मात्रै चीनमा थप ८६ जनाको मृत्यु भएको थियो । योसँगै चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मृत्यु हुनेको संख्या ७२२ पुगेको। चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको बताइएको छ

नोवल कोरोना भाइरसबाट शनिबार बिहानसम्म विभिन्न मुलुकमा ३४ हजार ८७२ जनामा संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित १ हजार ५६८ जनालाई निको भएको छ प्रकाशित : माघ २५, २०७६ ११:५३

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जापानी क्रुजका ६१ जनामा देखियो कोरोना भाइरसको संक्रमण

एजेन्सी

टोकियो — टोकियो नजिकै रहेको योकोहामा खाडीमा रहेको क्रुजमा हाल ६१ जनामा कोरोनामा भाइरस देखिएको छ । दुई दिनअघि मात्र संक्रमितको अवस्था आधाभन्दा कम थियो ।

जापानको स्वास्थ्य मन्त्रालयले डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजमा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेको छ।


अर्जेटिना, अस्ट्रेलिया, क्यानाडा, हङकङ, जापान, अमेरिका गरी १० वटा देशका नागरिकहरुमा संक्रमण देखिएको छ जसमा जापानका २८ जना संक्रमित छन्।


प्रिन्सेस क्रुजले जापानको स्वास्थ्य मन्त्रालयलाई यो नै टेस्ट गर्न बाँकी रहेका अन्तिम ब्याच रहेको जानकारी दिएको छ।
यात्रु र चालकदलका सदस्यसहित क्रुजमा ३ हजार ७ सय व्यक्ति रहेको बताइएको छ। क्रुजमा रहेका सबै व्यक्तिको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउन्जेल उनीहरुलाई क्याबिनभित्रै बस्‍न भनिएको छ।


जापानी न्युज एजेन्सी क्योदोका अनुसार जापान सरकारले जहाजमा रहेका ५६ देशका यात्रुलाई कम्तीमा पनि दुई हप्ता क्रुजमै राख्नेछ। क्रुजमा थप खानेकुरा र अन्य सामग्री पठाउन लागिएको जापानी अधिकारीले जानकारी दिएका छन्।

कोरोना संक्रमण फैलिएको क्रुजका यात्रु भन्छन् - ‘क्याप्टेन, एउटा केरा र ह्‍विस्की पाइन्छ?’


जापानी अधिकारीहरुका अनुसार गत महिना कोरोना भाइरस पोजिटिभ देखिएका हङकङका एक यात्रु क्रुजमा भएका कारण संक्रमण फैलिएको आशंका गरिएको छ। मध्य जनवरीमा हङकङबाट टोकियो आइपुगेका ती व्यक्ति जनवरी २० योकोहामाबाट क्रुजमा चढेको र जनवरी २५ हङकङ उत्रिएको बताइएको छ। जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार १० जनाबाहेक कसैमा पनि ज्वरो र अन्य लक्षणहरु देखिएको छैन। कोरोना भाइरस पोजिटिभ देखिएकालाई कानागावामा रहेको अस्पताल लगिएको छ।


काेराेना प्रकाेप

'उक्त जहाजलाई फेबु्रअरी १९ सम्म क्वारेन्टाइन गरिनेछ। क्वारेन्टाइनमा राखिएकाहरुलाई इन्टरनेट र फोनको सुविधा दिइएको छ ताकि उनीहरुले आफ्नो आफन्तसँगको सम्पर्कमा बस्न सकुन्', प्रिन्सेस क्रुजको व्यवस्थापनले आज विज्ञप्ती जारी गर्दे भनेको छ। 'हामीसँग लाइभ टिभीच्यानल रहेको भने विभिन्न भाषाका चलचित्रहरु पनि रहेका छन्। क्रुजका स्टाफहरुले अतिथिहरुलाई यसमा सहयोग पुर्याइरहेका छन्' विज्ञप्तीमा भनिएको छ।

प्रकाशित : माघ २४, २०७६ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×