भारतको राजधानी दिल्लीमा विधानसभाका लागि शनिबार मतदान भएको छ । निर्धारित साँझ ६ बजेसम्मको समयमा ५४.६५ प्रतिशत मतदाताले मतदान गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ । हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको चीनस्थित अमेरिकी दूतावासले पुष्टी गरेको छ ।
भारत प्रशासित कश्मीरका दुई पूर्व मुख्यमन्त्रीमाथि घरमै गरिएको नजरबन्द थप गरिएको छ । कश्मीरको विशेषाधिकारसम्बन्धी भारतको संविधानमा व्यवस्था भएको धारा खारेज गरिएसँगै गत अगस्ट ५ बाट उनीहरूलाई घरमै नजरबन्द गरिएको थियो । मेहबुबा मुफ्ती र ओमार अब्दुल्लाहलाई भारतको केन्द्र सरकारले घरमै नजरबन्द गरेको हो ।
इरानका विदेशमन्त्री जवाद जरिफ नयाँदिल्लीमा दुई साताअघि भएको ‘रायसिना डायलग’ मा सहभागी भएर नेपाल हुँदै स्वदेश फर्कन चाहेका थिए । त्यसका लागि दुई महिनाअघि इरानी दूतावासले नेपाली पक्षलाई जानकारी गराएको थियो । उनको भ्रमणको मुख्य उद्देश्य इरानको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु रहेको देखिन्थ्यो । तर मन्त्री जरिफ नयाँदिल्लीबाटै फर्किए । किन त ? परराष्ट्र स्रोत भन्छ, ‘इरानकै आन्तरिक राजनीतिले गर्दा हो । सँगै नेपाली पक्ष पनि उत्साही भएन ।’
नोवल कोरोना भाइरसबाट शुक्रबार मात्रै चीनमा थप ८६ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२२ पुगेको छ। चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण चीनमा बिहीबार मात्रै ७३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार बिहीबार हुबेईमा मात्रै ६९ जना र अन्य प्रान्तमा ४ जनाको मृत्यु भएको हो ।
भारतको केन्द्र अर्थात् दिल्ली, यतिबेला चुनावी समरमा छ । भोलि हुने दिल्ली विधानसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलबीच चर्को प्रतिस्पर्धा छ । मतदानका लागि केही घण्टा मात्र बाँकी रहँदा सत्तारुढ आम आद्मी पार्टी (आप) जितलाई लिएर ढुक्क देखिन्छ भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा) आपलाई रोक्न आक्रामक देखिन्छ ।
कोरोना भाइरसका कारण चीनमा अर्को एक जना डाक्टरको मृत्यु भएको छ । गत डिसेम्बरमा नै चीनमा ‘सार्स’ भाइरसजस्तै प्रकोपको खतरा रहेको भन्दै चेतावनी दिने ३४ वर्षीय डाक्टर ली वेनलियाङको शुक्रबार बिहान मृत्यु भएको हो ।