विमानकाे शौचालयमा पेस्तोल बिर्सिएपछि...

राेयटर्स

काठमाडौँ — बुधबार बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन न्यूयोर्कबाट लन्डन फर्कदै थिए । उनको सुरक्षामा खटिएको थिए बेलायतको महानगरीय प्रहरीका सुरक्षा अधिकारी ।

विमानकाे शौचालयमा पेस्तोल बिर्सिएपछि...

सुरक्षा अधिकारीले विमान टेकअफ हुनुभन्दा अगाडि शौचालयमा पेस्तोल बिर्सेको त्यहाँको मिडियाले जनाएको छ ।

‘सन’ पत्रिकाको अनुसार प्यासेन्जरले ‘लोडेड’ पेस्तोल भट्नुभन्दा अगाडि ब्रिटिस विमान टेक अफकाको लागि तयार थियो । अनि शाैचालयमा विमानका एक प्यासेन्जरले पेस्ताेल र क्यामरुनकाे पार्सपाेट भेट्टाए । पेस्ताेल भेटिएकाे पाइलटले पुष्टि गरे । सुरक्षा अधिकारी भएकाले पेस्तल विमानभित्र ल्याउन छुट थियो । र, अहिले उक्त पेस्तोल सुरक्षा अधिकारीलाई फिर्ता गरिएको क्याप्टेनले बताए ।

तर, यात्रुले सुरक्षा निकायको व्यक्तिसँग भएका पेस्तोल हटाउनुपर्छ भनेपछि टेक अफ हुनुभन्दा अगाडि पेस्तोल विमानभित्र राख्न दिइएन ।

यस घटनासम्बन्धीको अनुसन्धान भइरहेको ब्रिटिस प्रहरीले जनाएको छ । ब्रिटिस महानगरीय प्रहरीका अनुसार यस प्रकरणलाई प्रहरीले निकै गम्भीर रुपमा लिएको र उक्त सुरक्षा अधिकारीलाई कामबाट निष्काशन गरेको जनाएको छ ।

ब्रिटेनको वायुसेवा निगमको नियम अनुसार प्लेनभित्र बेलायत प्रहरीले हतियार लौजान पाउछन् । विमानका कर्मचारीले आफ्नो स्थितिलाई आफ्नो नियन्त्रणमा लिएको र स्थिति सामान्य रहेको बताए ।

प्रकाशित : माघ २२, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?