कोरोना भाइरसबाट फिलिपिन्समा १ जनाको मृत्यु

एपी

बेइजिङ — फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । ४४ वर्षीय एक चिनियाँ मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै चीनबाहिर कोरोनाबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।

कोरोना भाइरसबाट फिलिपिन्समा १ जनाको मृत्यु

ज्वरो, खोकी र घाँटी दुखेका कारण ती चिनियाँलाई गत जनवरी २५ मा उपचारका लागि भर्ना गरिएको थियो । पछिल्लो दिनमा उनमा निमोनिया देखिएको थियो । निमोनिया बल्झेको २४ घण्टामै उनको निधन भएको हो ।

उनीसँगै चीनको वुहानबाट आएकी ३८ वर्षीया श्रीमतीमा पनि कोरोना पोजेटिभ भेटिएको छ । उनलाई मनिलास्थित अस्पतालको आइसोलेसनमा राखिएको छ । फिलिपिन्समा फेला परेका कोरोना संक्रमितमध्ये उनी दोस्रो व्यक्ति हुन् ।

काेराेना प्रकाेप

फिलिपिन्समा कोरोनाकै कारण विद्यालयहरु सुचारु हुन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनले पनि विभिन्न देशहरुलाई कोरोना रोकथामका लागि सतर्कता अपनाउन पहल गरेको छ ।

चीनको वुहानबाट विश्वव्यापी भएको कोरोना भाइरसका कारण कम्तीमा ३ सय ४ जना मानिसको मृत्यु भएको छ । संसारभर १४ हजार ३ सय जनामा काराेना संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : माघ १९, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?