भारतमा पनि कोरोना भाइरस

एजेन्सी

नयाँदिल्ली — भारतमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको पुष्टि भएको छ । बिहीबार भारतको स्वास्थ्य मन्त्रालयले केरलामा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

चीनको वुहान विश्वविद्यालयमा अध्यननरत विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

त्यस्तै राजधानी नयाँ दिल्लीमा तीन जनालाई कोरोना भाइरसको संक्रमणको आशंकामा आरएमएल अस्पतालको आइसोलेसन वार्डमा निगरानीमा राखिएको छ ।

चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा १७० जनाको मृत्यु भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनका सबै प्रान्तमा यसको संक्रमण फैलिएको छ । बिहीबार बिहानसम्म ७ हजार ७ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण

चीनबाहेक विश्वमा विभिन्न देशमा ९० जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । चीनबाहिर भने यसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

कहाँ कति संक्रमित?

चीन - १७० मृत्यु, ७७७१ संक्रमित

थाइल्यान्ड - १४ जना संक्रमित

हङकङ, सिंगापुर - १० जना संक्रमित

ताइवान - ८ जना संक्रमित

मलेसिया अस्ट्रेलिया मकाओ - ७/७ जना संक्रमित

अमेरिका, फ्रान्स - ५/५ जना संक्रमित

जापान - ११ जना संक्रमित

जर्मनी, दक्षिण कोरिया, यूएई - ४/४ जना संक्रमित

भियतनाम, क्यानडा - २/२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, भारत, फिनल्यान्ड - १/१ जना संक्रमित

कोरोना भाइरस के हो? कसरी जोगिने ? प्रकाशित : माघ १६, २०७६ १४:२९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १७० पुग्यो, झन्डै ८ हजार संक्रमित

तिब्बतमा पहिलो संक्रमित भेटिएको पुष्टि
एजेन्सी

बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको  छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ हजारमा यसकाे संक्रमण देखिएकाे छ ।

बुधबार मात्रै ३८ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ३७ जनामा यसको संक्रमण फैलिएको छ। बिहीबार बिहानसम्म आएको तथ्याङ्‍कअनुसार ७ हजार ७ सय ७१ जनामा यसको संक्रमण देखिएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ। आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्‍यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो।

कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण

चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले चीनका सबै प्रान्तमा फैलिएको छ। बुधबार तिब्बतमा पनि कोराेना भाइरसकाे पहिलाे संक्रमणको पुष्टि भएको छ।
विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ९० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।

चीनले २ दिनमै बनायो 'कोरोना भाइरस अस्पताल'

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको नियन्त्रणका लागि चीनसँग सहकार्य गरेर अघि बढेको बताएका छन्। उनले आफूहरुसँग विश्वका सबै ठाउँमा विशेषज्ञ रहेको र चाैबीसै घण्टा निगरानी गरिरहेको बताएका छन्।
कहाँ कति संक्रमित?
चीन - १७० मृत्यु, ७७७१ संक्रमित
थाइल्यान्ड - १४ जना संक्रमित
सिंगापुर - १० जना संक्रमित
हङकङ, ताइवान - ८/८ जना संक्रमित
मलेसिया - ७ जना संक्रमित
अस्ट्रेलिया, अमेरिका, मकाओ, फ्रान्स - ५/५ जना संक्रमित
जापान - ६ जना संक्रमित
जर्मनी, दक्षिण कोरिया - ४/४ जना संक्रमित
भियतनाम, क्यानडा - २/२ जना संक्रमित
नेपाल, कम्बोडिया, श्रीलंका, तिब्बत - १/१ जना संक्रमित

प्रकाशित : माघ १६, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×