२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फेब्रुअरीमा ट्रम्प भारत आउने, ७१ हजार करोड बराबरको व्यापार सम्झौता हुने

एजेन्सी

नयाँदिल्ली — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फेब्रुअरी २४ र २६ को बीचमा भारत भ्रमण गर्ने भएका छन् । द टाइम्स अफ इन्डियाका अनुसार औपचारिक रुपमा भने ट्रम्पको भ्रमणतालिका पछि सार्वजनिक हुनेछ । राष्ट्रपति भएपछि ट्रम्पको यो पहिलो भारत भ्रमण हुनेछ । 

फेब्रुअरीमा ट्रम्प भारत आउने, ७१ हजार करोड बराबरको व्यापार सम्झौता हुने

अमेरिकामा राष्ट्रपति चुनावका लागि प्रचारप्रसार तीव्र हुने समयमा ट्रम्पले भारत भ्रमण गर्न लागेका हुन् । केही महिनाअघि अमेरिकामा गरिएको ‘हाउडी मोदी’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरिएझैं दिल्लीमा ट्रम्पको स्वागतमा ‘टावनहल’ कार्यक्रमको तयारी गरिएको छ ।


‘मेगा ट्रेड डिल’को सम्भावना

लामो समयको कसरतपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणमा अमेरिका–भारतबीच ‘मेगा ट्रेड डिल’(बृहत् व्यापार सम्झौता) मा सम्झौता हुने भएको छ । राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर केही दिनमै व्यापार सम्झौताको तयारीका लागि नयाँदिल्ली आउने इकोनोमिक टाइम्सले जनाएको छ ।


अमेरिका र भारतबीच १० अर्ब अमेरिकी डलर(७१ हजार करोड भारतीय रुपैयाँ) बराबरको व्यापार सम्झौता हुनेछ ।यो सम्झौतामार्फत अमेरिका–भारतबीचमा देखिएको असमझदारीलाई हटाउने प्रयास गरिने बताइएको छ । दुवै पक्षले भन्सार शुल्कमा पुनर्विचार गर्न सक्नेछन् ।


अमेरिकाले भारतमा बदाम निर्यात गर्ने तथा भारतले फलफूल निर्यातलाई बढाउने विषयमा पनि सम्झौता हुने बताइएको छ । अमेरिकाले गत जुनमा विकासशील देशको रुपमा भारतलाई दिँदै आएको सहुलियत हटाएको थियो । अमेरिकाले सहुलियत हटाएपछि भारतले अमेरिकाबाट भित्रिने २८ बस्तुमा भन्सार शुल्क बढाएको थियो ।

प्रकाशित : माघ १५, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?