२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

खालिद बिन खालिफा बिन थानी बने कतारका नयाँ प्रधानमन्त्री

एजेन्सी

दुबई — कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले मंगलबार आफूनिकट शेख खालिद बिन खालिफा बिन अब्देलाजिज अल थानीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

खालिद बिन खालिफा बिन थानी बने कतारका नयाँ प्रधानमन्त्री

गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासर अल थानीले अमिरसमक्ष राजीनामा दिएपछि कतारमा प्रधानमन्त्री पद रिक्त थियो ।


अमेरिका–इरानबीचको पछिल्लो तनाव र छिमेकी राष्ट्रसँगको कूटनीतिक समस्याबाट गुज्रिरहेको कतारमा नयाँ प्रधानमन्त्री ल्याइएको छ । यसअघि अमिरको कार्यालय ‘अमिरी दिवान’को प्रमुख रहिसकेका नवनियुक्त ५१ वर्षीय प्रधानमन्त्री शेख खालिदले गृहमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नेछन् । विदेश, ऊर्जा, अर्थ, रक्षा र व्यापार जस्ता प्रमुख मन्त्री पद भने यथावत् नै राखिएका छन् ।


कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दै छ । अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रभावमा वृद्धि गर्ने उद्देश्यले उसले विश्वकपको आयोजना गर्न लागेको हो । विश्वकपलाई सफलतापूर्वक सम्पन्न गराउन पनि प्रधानमन्त्री बदलिएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : माघ १४, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?