कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अफगानिस्तानमा अमेरिकी लडाकु विमान दुर्घटना

तालिबानले गर्‍यो आफूले खसालेको दाबी
एजेन्सी

काबुल — अमेरिकी सेनाले आफ्नो एउटा लडाकु विमान अफगानिस्तानको घाज्‍नी प्रान्तमा दुर्घटना भएको पुष्टि गरेको छ । यूएस फोर्सेस अफगानिस्तान(यूएसएफओआर–ए) का प्रवक्ता सोनी लेजेटले अमेरिकी सेनाको लडाकु विमान बम्बार्डियर ‘ई–११ ए’ दुर्घटना भएको पुष्टि गरेका हुन् । उनले दुर्घटनाको अनुसन्धान भइरहेको र दुस्मनले खसालेको पुष्टि नभएको बताएका छन् ।

अफगानिस्तानमा अमेरिकी लडाकु विमान दुर्घटना

विमानमा कति जना सवार थिए भन्ने खुलाइएको छैन । तालिबानका सामाजिक सञ्जालमा बलिरहेको विमानको भिडियो पोस्ट भएका छन् । तालिबानले अमेरिकी लडाकु विमान आफूले खसालेको दाबी गरे पनि त्यसको औपचारिक पुष्टि भएको छैन ।


अफगानी सेनालाई तालिम दिन र सहयोगका लागि अहिले अफगानिस्तानमा झन्डै १३ हजार अमेरिकी सेना रहेका छन् । सन् २००१ मा अफगानिस्तानविरुद्ध युद्ध सुरु गरेसँगै दुई हजार ४ सयभन्दा बढी अमेरिकी सेना मारिएका छन् । सन् २०१९ मा २३ जना अमेरिकी सेना अफगानिस्तानमा मारिएका थिए ।

प्रकाशित : माघ १४, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?