बेइजिङमा कोरोनाबारे विशेष ब्रिफिङ  

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा बेइजिङस्थित चिनियाँ परराष्ट्र मन्त्रालयले आफ्ना नीतिप्रति समझदारी राखिदिन अपिल गरेको छ। सोमबार अपरान्ह बेइजिङस्थित विभिन्न देशका कुटनीतिज्ञहरूलाई बोलाएर परराष्ट्रले कोरोना संक्रमणको असाधारण परिस्थितिमा चीनले अंगीकार गरेको नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको हो।

बेइजिङमा कोरोनाबारे विशेष ब्रिफिङ  

चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठअधिकारीहरूले नोवेल कोरोना भाइरसको नियन्त्रण तथाहुबेप्रान्तको वुहान सहरमा फैलिएको संक्रमणका बारेमा विशेष ब्रिफिङ गरेका थिए। त्यस अवसरमा विभिन्नदेशका राजदूतहरूले आफ्ना देशका नागरिकको अवस्थाको जानकारी माग गरे।

नेपालको तर्फबाट ब्रिफिङमा सहभागीभएका नेपाली राजदूत लीलामणि पौड्यालले संक्रमण नियन्त्रणका लागि चीनले चालेकाकदमप्रति समर्थन जनाउँदै वुहानमा रहेका नेपालीहरूको सुरक्षा एवं हितका लागि आवश्यकसहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरे। प्रत्युत्तरमाचिनियाँ अधिकारीले वुहानमा रहेका कुनै पनि विदेशीलाई सम्बन्धितमुलुकमा फर्काउने बारेमा निर्णय भइनसकेको जनाउँदैत्यस्तो निर्णय हुनेबित्तिकै सूचित गरिने बताए। ती अधिकारीले भने, ‘चीनसरकारले हुबे/वुहानमा रहेका विदेशी नागरिकलाई स्वदेशफर्कन दिने सम्बन्धमा कुनै नयाँ नीतिजारी गरेमा तत्कालै जानकारी गराइनेछ।’

चीनले समस्याग्रस्त वुहानमा रहेका कुनै पनि नागरिकलेखाद्यान्न, औषधिलगायतअत्यावश्यक पदार्थको अभाव भएमा त्यसको आपूर्तिका लागि आपतकालीनफोन सेवा व्यवस्था गरेको पनि जनाएको छ। ब्रिफिङपछि मंगलबार बिहान बेइजिङस्थितनेपाली दूतावासले नेपाली नागरिकका लागि जारी गरेको सूचनामा कुनै अभावको अवस्थामहसुस भएमा तत्काल सम्पर्कमा आउन अपिलगरेको छ।

दूतावासले वुहानलगायत विभिन्न ठाउँमा रहेका नेपालीहरूसँगनिरन्तर सम्पर्कमा रहेको पनि जानकारी गराएको छ।आइपरेकोखण्डमा कुनै पनि उपाय अवलम्वन गर्न दूतावास तत्पर छ, दूतावासले भनेको छ, ‘यससंकटको घडीमा धैर्य तथा संयम अपनाउन, भाइरस संक्रमण नियन्त्रणका लागिचीन सरकारले बेला बेलामा जारी गर्ने सावधानीका सुझावहरू पछ्याउन र फेक न्युजका पछाडि नलाग्न अनुरोध छ।

अफवाह फैलाउने खालका समाचारका कारण पछिल्लो समय चीनमारहेका विदेशीहरू आतंकित बनेका छन्। चीनले आधिकारिकसूचनाहरू मात्रै सामाजिक सञ्जालमा प्रवाह गर्न अपिल गरेको छ।

प्रकाशित : माघ १४, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?