२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बेलायतले दियो हुवावेलाई अनुमति

एजेन्सी

लन्डन — बेलायतले फाइभ–जी नेटवर्क विस्तारका लागि चिनियाँ टेलिकम कम्पनी हुवावेलाई स्वीकार गर्ने भएको छ । अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि बेलायतले सीमित प्रभाव विस्तार गर्ने गरी हुवावेलाई अनुमति दिएको हो ।

बेलायतले दियो हुवावेलाई अनुमति

‘बेलायतले फाइभ–जी नेटवर्क विस्तारसम्बन्धी महत्त्वपूर्ण निर्णय लिएको छ,’ संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई फाइभ–जी नेटवर्क विस्तारमा हुवावेलाई पूर्णरूपमा पाखा लगाउन वासिङ्टनले दिएको निरन्तर दबाबबीच यस्तो निर्णय आएको हो ।


अमेरिकी दबाबबीच बेलायतका वरिष्ठ अधिकारीले हुवावेको सेवा विस्तारका लागि सकारात्मक संकेत दिएका थिए । बेलायती ‘फाइनान्सियल टाइम्स’ ले गत साताको अन्त्यमा यसबारे सार्वजनिक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री जोनसनले मंगलबार हुवावेमाथिको प्रतिबन्धित भूमिकालाई ‘स्वीकृति दिने अपेक्षा गरिएको’ समाचार प्रकाशित गरेको थियो । उक्त पत्रिकाका अनुसार बेलायती मन्त्रीहरूले हुवावेको बजार हिस्सामा नियन्त्रणको नीति लिइने बताएका थिए ।

अमेरिकाले हुवावेको नियन्त्रण बेइजिङसँग रहने भन्दै उसको नयाँ पुस्ताको फाइभ–जी मोबाइल नेटवर्कलाई विस्तारप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित : माघ १४, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?