२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनको बयान लिनुपर्छ’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सुनुवाइमा उनका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँग बयान लिन डेमोक्र्याट सांसदले पुनः माग गरेका छन् । राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान नगरे युक्रेनलाई दिँदै आएको सहयोग रोक्ने चेतावनी ट्रम्पले दिएको दाबी बोल्टनले गर्दै आएका छन् । 

‘ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनको बयान लिनुपर्छ’

राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमै रहँदा बोल्टन गत सेप्टेम्बरमा बर्खास्तीमा परेका थिए । आफूले युक्रेनलाई कुनै दबाब नदिएको ट्रम्पले बताउँदै आएका छन् ।


बोल्टनको दाबी ट्रम्पका वकिलहरूका लागि भने चुनौती हुन सक्छ । गत साता सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय सुरक्षाको विषय देखाउँदै ट्रम्पले बोल्टनसँग बयान नलिइयोस् भन्ने चाहना व्यक्त गरेका थिए ।


ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडन र उनका छोरा हन्टरविरुद्ध भ्रष्टाचार अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएको आरोप छ । यदि अनुसन्धान नगरिए अमेरिकी सैन्य सहायता रोक्ने चेतावनी दिएको भन्ने विषयमा उनीविरुद्ध अमेरिकाको माथिल्लो सदन सिनेटमा महाअभियोग सुनुवाइ चलिरहेको छ ।

उपल्लो सदन सिनेटमा ट्रम्पकै रिपब्लिकन दलको बहुमत रहेकाले महाभियोग पास हुने सम्भावना छैन । अमेरिकी इतिहासमा महाअभियोग सुनुवाइको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीविरुद्ध तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा महाअभियोग प्रस्ताव पारित भइसकेको छ ।

प्रकाशित : माघ १४, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?