इरान — इरानमा एक यात्रुवाहक विमान अवतरणको समयमा पाइलटले लापरवाही गरेका कारण रनवेबाट चिप्लिएर व्यस्त राजमार्गको बिचमा पुगेको छ । सो घटनामा विमानमा सवार १३५ यात्रु भने सकुशल नै रहेको बताइएको छ ।
तेहरानबाट उडेको क्यास्पियन एयरलाइन्सको विमान इरानको दक्षिण-पश्चिमी सहर मासहरमा दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानबाट यात्रुहरु ओर्लिरहेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।
خروج مسافران از هواپیمای کاسپین که امروز در #ماهشهر از باند خارج شد pic.twitter.com/r525WjehMG
त्यहाँको सञ्चार माध्यले उड्डयन विज्ञलाई उद्धृत गर्दै जनाए अनुसार पाइलटले विमानलाई निकै ढिला गरी अवतरण गराएका कारण घटना भएको हो । यो घटना स्थानीय समय अनुसार सोमबार बिहान ७:५० बजे भएको हो ।
प्रकाशित : माघ १३, २०७६ १५:५४