कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हङकङले कोरोना भाइरस संक्रमितलाई नयाँ अपार्टमेन्टमा राखेर उपचार र निगरानी गर्ने

एजेन्सी

हङकङ — हङकङले कोरोना भाइरसबाट संक्रमित र संक्रमणको आशंका गरिएकाहरुलाई नयाँ अपार्टमेन्टमा राखेर उपचार र निगरानी गर्ने भएको छ । प्रयोगमा नआएको हङकङको फानलिङमा रहेको ‘फाई मिङ इस्टेट’ भवनमा कोरोना संक्रमितलाई राख्ने हङकङका अधिकारीले जनाएका छन् ।

हङकङले कोरोना भाइरस संक्रमितलाई नयाँ अपार्टमेन्टमा राखेर उपचार र निगरानी गर्ने

वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा कम्तीमा ८० जनाको ज्यान गइसकेको छ । त्यस्तै चीनमा मात्रै २ हजार ७ सयभन्दा बढीमा यसको संक्रमण देखिएको छ । सोमबार बिहानसम्म हङकङमा ८ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस विश्वका विभिन्न देशमा समेत फैलिइसकेको छ । चीन बाहेक विश्वका विभिन्न देशका ५० भन्दाबढीमा यसको संक्रमण देखिएको छ ।

वुहानबाट आउनेलाई हङकङमा रोक

यसैबीच हङकङ सरकारले वुहान प्रान्तबाट आउनेमाथि प्रतिबन्ध लगाउने भएको छ । सोमबार रातिदेखि वुहानबाट हङकङ प्रवेश गर्न रोक लगाइने भएको हो । गत १४ दिनभित्र वुहानको भ्रमण गरेकालाई प्रवेश निषेध गरिएको हङकङका अधिकारीले जनाएका छन् ।

प्रकाशित : माघ १३, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?