कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोरोना प्रकोप : हङकङमा आपतकाल, २ हप्ता विद्यालय बन्द

एपी

बेइजिङ — कोरोना भाइरसको सन्त्रास छाएसँगै हङकङले आपतकाल घोषणा गर्दै दुई साताका लागि प्राथमिक र माध्यमिक तहका विद्यालय बन्द गर्ने भएको छ। नयाँ वर्षका लागि बिदा भएका विद्यालय थप दुई साताका लागि बन्द गर्ने घोषणा गरेको हो । योसँगै आगामी फेब्रअरी १७ सम्मका लागि विद्यालय खुला हुने छैनन् ।

कोरोना प्रकोप : हङकङमा आपतकाल, २ हप्ता विद्यालय बन्द

सुरुमा मध्य चीनको वुहानमा फेला परेको कोरोना भाइरस अहिले अन्य मुलुकमा पनि फैलिएको छ । हङकङका अधिकारीले पाँचजनामा काेराेना भाइरसकाे संक्रमण भेटिएकाे बताएका छन् ।

कोरोना प्रकोप

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा आगामी फेब्रुअरी ९ मा हुन लागेको म्याराथन पनि स्थगित भएकाे उल्लेख गरेको छ । म्याराथनमा ७० हजार सहभागी हुने अनुमानमा गरिएको थियो ।

सम्बन्धित समाचार :


प्रकाशित : माघ ११, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?