गोली प्रहारबाट जर्मनीमा ६ को मृत्यु

एजेन्सी

काठमाडौँ — जर्मनीको दक्षिण–पश्चिमी सहर रोट आम सीमा शुक्रबार एक बन्दुकधारीले अन्धाधुन्ध प्रहार गरेको गोली लागेर ६ जनाको मृत्यु भएको छ ।

गोली प्रहारबाट जर्मनीमा ६ को मृत्यु

गोली प्रहारबाट कैयौं घाइते भएको जर्मन प्रहरीले बताएको छ । स्थानीय समयअनुसार सहरको रेल स्टेसननजिकै शुक्रबार १२ बजेर ४५ मिनेटमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । घटनालगत्तै प्रहरीले शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार यस घटनामा एकजनाको मात्रै संलग्नता देखिन्छ ।


‘मेरो जानकारीमा भएसम्म गोली लागेर ६ जनाको मृत्यु भएको छर कैयौं घाइते भएका छन्,’ आलेनका प्रहरी प्रवक्ता रुडल्फ बेहाल्मरले जर्मन प्रसारण संस्था एन–टीभीसँग बताए ।


‘एकजना मात्रै आक्रमणकारी रहेको हामीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएका छौं,’ उनले भने । उनका अनुसार आक्रमणकारी जर्मन नागरिक नै भएको र हताहत भएका केहीसँग उसको व्यक्तिगत परिचय रहेको खुलेको छ ।


पीडितमध्ये केही एकै परिवारको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । घटनास्थल म्युनिख सहरबाट १ सय ७० किलोमिटर उत्तर–पश्चिममा पर्ने अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : माघ १०, २०७६ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?