कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

इमरानले फेरि गरे भाजपा र नाजी पार्टीको तुलना 

एजेन्सी

डाभोस — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले फेरि एक पटक भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको सरकार हिटरलको नाजी पार्टीको प्रेरणामा चलेको आरोप बताएका छन् । स्विजरल्याण्डको डाभोसमा वर्ल्ड इकानोमिक फोरमका सहभागी हुने क्रममा बीबीसी संवाददातालाई अन्तर्वार्ता दिने क्रममा इमरानले भाजपा र राष्ट्रिय स्वयम् सेवक संघ(आरएसएस) को विचारधारा हिटलरको नाजी पार्टीसँग मिल्ने बताएका हुन् ।

इमरानले फेरि गरे भाजपा र नाजी पार्टीको तुलना 

कश्मीर प्रकरणमा भारत सरकारको व्यवहार नाजी पार्टीले म्युनिखमा गरेजस्तै भएको बताउँदै उनले भने, ‘भारतीय शासन अहिले पनि अतिवादी विचारधाराबाट चलिरहेको छ । जसको नाम हो आरएसएस । सन् १९२५ मा नाजी पार्टीको प्रेरणामा आरएसएसको स्थापना भएको थियो ।’

उनले वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आरएसएसको आजीवन सदस्य भएको बताए । उनले कश्मीरको विशेष राज्यको दर्जा खोसिएपछि ५ महिनादेखि ८० लाख मानिस जेलमा जस्तै बस्न बाध्य भएको आरोप पनि लगाए ।

भारत–पाकिस्तान विवाद र कश्मीर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघ वा अमेरिका जस्ता शक्तिले दबाब नदिई यो मुद्दा नसुल्झिने पनि उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान शान्ति वार्ताका लागि मध्यस्तकर्ता बन्न आफू तयार रहेको पनि इमरानले बताए ।

उनले अमेरिका–इरान तनाव बढ्दै जाँदा विकासशील अर्थव्यवस्थामा नराम्रो असर पुर्‍याउने पनि बताए । कुनै प्रकारको लडाइँ भएमा पाकिस्तानको मात्रै होइन, पुरै विश्वअर्थतन्त्र नै डामाडोल हुने इमरानले बताए ।

प्रकाशित : माघ १०, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?