१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

 लैंगिक समानताका लागि स्विजरल्याण्डमा पुरुष संकेतलाई महिला संकेतले प्रतिस्थापन गरिने

ददि सापकोटा

पेरिस — सार्वजनिक स्थलहरुमा लैंगिक समानता नभएको भन्ने व्यापक गुनासो आएपछि स्विजरल्याण्डको जेनेभा प्रान्तले पुरुष संकेतहरुलाई प्रतिस्थापन गर्दै महिला संकेत प्रयोग गर्ने भएको छ ।स्विजरल्याण्डका सार्वजनिक स्थलका खासगरी जेब्रा क्रसिङ र सडक पार गर्ने अन्य स्थलमा वर्षौंदेखि पुरुष संकेतहरुको मात्रै प्रयोग गरिँदै आएको थियो ।

 लैंगिक समानताका लागि स्विजरल्याण्डमा पुरुष संकेतलाई महिला संकेतले प्रतिस्थापन गरिने

महिला अधिकारकर्मीहरुले आफ्नो देशमा विविधिकरण नभएको लैंगिक एकाधिकार भएको भन्दै विरोध जनाउँदै आएका थिए महिलाकर्मीहरुको मागलाई ध्यानमा राखेर स्विजरल्याण्डको जेनेभा प्रान्तले करिब पाँच सय पुरुष संकेतहरुलाई प्रतिस्थापन गरी महिला संकेत प्रयोग गर्ने निर्णय गरेको हो

अब जेनेभाले विविधीकरण देखाउन अफ्रिकी मूलका महिलाको जस्तो कुर्लुङ कुर्लुङ परेको (घुम्रिएको) कपाल, गर्भवती महिला, लठ्ठी टेकेकी महिला, वृद्ध महिला, हात समातेका दुई महिला, चुल्ठो राखेकी महिलासहित थरी महिला संकेत राख्न लागेको हो

परम्परागत रुपमा सडकको ढाँचा पुरुषहरुले निर्माण गरेकाले पुरुषहरुलाई नै महत्व दिँदा लैंगिक असमानता देखिएकाले हाल त्यसलाई आफूले बदल्न लागेको जेनेभाका मेयर सँद्रिन सालेमोले स्विस टेलिभिजन आरटीएसलाई बताएकी छिन् । उनका अनुसार यो संकेत प्रतिस्थापनले अब महिलालाई सार्वजनिक स्थलमा जाँदा सम्मान अपनत्वको महसुस गराउने

पाँच सय पुरुष सडक संकेतलाई महिला संकेतमा बदल्न जेनेभा प्रान्तलाई करिब ६६ लाख ५३ हजार रुपैयाँ लाग्ने भएको गत साल जुरिच प्रान्तले अन्तर्राष्ट्रिय महिला दिवका दिन गे रेड राखिएका बेला केही पुरुष संकेत बदल्न अल्पकालका लागि महिला संकेत राखेको थियो तर स्विजरल्याण्डमा दीर्घकाली रुपमा पुरुष संकेतहरुलाई महिला संकेतमा बदल्न लागिएको यो पहिलो घटना हो

प्रकाशित : माघ १०, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?