१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अस्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटनामा परेको आशंका

एजेन्सी

सिड्नी — अस्ट्रेलियाको जंगलमा लागेको डढेलो निभाउन प्रयोग गरिएको हवाई जहाज दुर्घटनामा परेको आशंका गरिएको छ । एएफपीका अनुसार बिहीबार अस्ट्रेलियाको सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा जहाज दुर्घटनाग्रस्त भएको आशंका गरिएको हो ।

अस्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटनामा परेको आशंका

‘मोनारो क्षेत्रमा आगो निभाउँदै आएको एउटा एयर ट्यांकरसँग सम्बन्ध विच्छेद भएको छ,’ न्यु साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण कार्यालयले विज्ञप्तिमा भनेको छ । स्थानीय अधिकारीहरुका अनुसार जहाज दुर्घटनामा परेको विज्ञप्तिमा जनाइएको छ । जहाजको अवस्था बुझ्नका लागि हेलिकप्टरहरु पठाइएको छ । घटनाको अनुसन्धान गरिरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनामा परेको आशंका गरिएको विमान बोइङ ७३७ हो । ‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन् । यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ । साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्निनियन्त्रकलाई सहयोग पुर्‍याउँछ ।

सिड्‍नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । सेप्टेम्बरबाट विभिन्न अस्ट्रेलियामा फैलिएको भीषण आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ । झन्डै २ हजार घर ध्वस्त भइसकेको छ ।

प्रकाशित : माघ ९, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?