कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

ट्रम्पलाई महाअभियोग : सुनुवाइका नियम पारित

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सुनुवाइ प्रक्रिया अघि बढाउन आधारभूत नियम पारित भएको छ । डेमोक्र्याट र रिपब्लिकन सदस्यबीच माथिल्लो सदन ‘सिनेट’ मा बुधबार आगामी सुनुवाइ प्रक्रिया कसरी बढाउने भन्नेबारे चर्काचर्की भएको थियो । बहस १३ घण्टासम्म चलेको थियो ।

ट्रम्पलाई महाअभियोग : सुनुवाइका नियम पारित

बहसका क्रममा नियम पारित गर्न दुवै पक्ष सहमत भए पनि महाअभियोग सुनुवाइमा थप प्रत्यक्षदर्शीका भनाइलाई अस्वीकार गरिनेछ । रिपब्लिकन सांसदहरूले प्रत्यक्षदर्शी उभ्याउने डेमोक्र्याटको मागलाई अस्वीकार गरेका हुन् ।


महाअभियोग प्रक्रियाको पहिलो दिन पारित नियमअनुसार दुवै पक्षलाई सुरुआती तर्क राख्न २४ घण्टाको समय दिइएको छ । यो प्रक्रिया बुधबार दिउँसोबाट प्रारम्भ भएको छ । यो सकिएसँगै सम्भवतः अर्को साताको सुरुदेखि सिनेटरहरूले प्रश्न सोध्ने मौका पाउनेछन् । उनीहरूलाई १६ घण्टाको समय दिइएको छ ।


माथिल्लो सदन सिनेटमा महाअभियोग सुनुवाइ हुने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । सिनेटमा रिपब्लिकन सांसदको बहुमत रहेकाले महाअभियोग प्रस्ताव पारित हुने सम्भावना निकै कम छ । ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदीय जाँचबुझमा अवरोध पुर्‍याएको आरोप छ । उनले भने आफूले केही गल्ती नगरेको बताउँदै आएका छन् ।


डेमोक्र्याट नेतृत्वको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले ट्रम्पविरुद्ध गत महिना महाअभियोग लगाएको थियो । त्यसयता उनीमाथि सुनुवाइ चलिरहेको छ ।


सिनेटमा सुनुवाइ प्रक्रियाबारे बहस चलिरहँदा ट्रम्प भने स्विट्जरल्यान्डको डाभोसमा थिए । वर्ल्ड इकोनमिक फोरमको सम्मेलनमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । ‘मेरो कानुनी समूहले धेरै राम्रो काम गरिरहेको छ,’ सिनेटमा भएको बहस उद्धृत गर्दै उनले भने ।


सिनेटमा भएको बहसको नेतृत्व प्रधानन्यायाधीश जोन रोबर्ट्सले गरेका थिए । उनले एकातर्फ ‘महाअभियोग व्यवस्थापक’ भनिएका हाउस डेमोक्र्याट र अकोतर्फ ट्रम्पको कानुनी समूहलाई राखेका थिए । हाउसमा डेमोक्र्याटले अभियोजनकर्ताको भूमिका निर्वाह गरेका थिए भने ट्रम्पका कानुनी समूहले ‘डिफेन्स’ को भूमिका निर्वाह गरेका थिए । दुई पक्षबीच बहस चलिरहँदा सिनेटरहरू भने चुपचाप थिए । प्रधानन्यायाधीशसमक्ष ‘तटस्थ न्याय’ को सपथ लिएकाले उनीहरू चुप थिए । सिनेटमा मोबाइल फोन वा अन्य विद्युतीय उपकरण लान दिइएको थिएन ।

प्रकाशित : माघ ९, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?