कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अमेरिकामा पनि पुग्यो ‘रहस्यमयी’ कोरोनाभाइरस

एजेन्सी

वाशिंगटन — गत महिना चीनको वुहानमा देखिएको 'रहस्यमयी' कोरोनाभाइरस अमेरिकामा पनि पुगेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी)ले मंगलबार अमेरिकामा कोरोनाभाइरसको पहिलो संक्रमणका बारेमा जानकारी गराएको हो । बिरामीको परिचय नखुलाए पनि वाशिंगटनको प्रोभिडेन्स रिजनल मेडिकल सेन्टरको आइसोलेसन वार्डमा उनको उपचार भइरहेको सीडीसीले जनाएको छ ।

अमेरिकामा पनि पुग्यो ‘रहस्यमयी’ कोरोनाभाइरस

सीडीसी अधिकारीहरुका अनुसार वुहानबाट भर्खरै फर्किएका ३० वर्षीय अमेरिकी नागरिकमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । उनी जनवरी १५ मा वुहानबाट सियाटल फर्किएका थिए । उनी जनवरी १९ मा अस्पताल गएका थिए । उनी चीनबाट फर्किएको चार दिनपछि बिरामी परेका थिए । बिरामीको लक्षणअनुसार चेक गर्दा उनमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य अधिकारीले उनी कोको सँग सम्पर्कमा थिए भन्ने अनुसन्धान गरिरहेको बताएको छ ।

अमेरिकाले चीनबाट(विशेषगरी वुहान) फर्किने यात्रुहरुलाई स्वास्थ्य जाँचपछि मात्रै प्रवेश दिने भएको छ । विमानस्थलमा शरीरको तापक्रम, खकार र स्वासप्रश्वासलगायतका स्वास्थ्य जाँच गरिनेछ डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको वुहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो। हालसम्म उक्त भाइरसबाट संक्रमित अधिकांश बिरामी समुद्री खाद्य बजारमा काम गर्ने छन्। हालसम्म यस भाइरसबाट सयभन्दा बढी बिरामी परेका छन् भने ९ जनाको मृत्यु भइसकेको छ। कोरोनाभाइरस ऊट, बिरालो, चमेरोसहित थुप्रै पशुमा प्रवेश गरिरहेको छ। चीनका सरकारी अधिकारीका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको स्पष्ट प्रमाण भने छैन।

कोरोना भाइरसको समूहको एउटा हिस्सा हो, जसबाट सामान्य रुघाखोकीदेखि लिएर घातक रोगसम्म हुन सक्छ । कोरोना भाइरसको संक्रमण सामान्यतया पशु र मानिसमा हुन्छ र हाल यस्ता कतिपय भाइरस छन्, जो पशुमा भए पनि मानिस त्यसबाट संक्रमित भएका छैनन् । सन् २००३ मा चीनलगायत एसियामा यस्तै सार्स भाइरस (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) फैलिएको थियो । यसको विस्तार उत्तरी अमेरिका, दक्षिण अमेरिका र युरोपसम्म देखिएको थियो । त्यसयता यो संक्रमणबाट चीनमा ६ सय ४६ जनाको मृत्यु भएको थियो भने विश्वभरमा मर्नेको संख्या ८ सय १३ पुगेको थियो ।

सम्बन्धित समाचार

'कोरोना भाइरसको जोखिम नेपालमा पनि'

‘कोरोना’ को शंकामा निगरानी


प्रकाशित : माघ ८, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?