कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

केजरीवाललाई 'टक्कर' दिन यादव र सबरवाल चुनावी मैदानमा

एजेन्सी

नयाँदिल्ली — दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध भरतीय जनता पार्टी(भाजपा)ले उम्मेदवार घोषणा गरेको छ । भाजपाले जनता युवा मोर्चा दिल्लीका अध्यक्ष सुनिल यादवलाई नई दिल्ली क्षेत्रबाट उम्मेदवार बनाएको छ ।

केजरीवाललाई 'टक्कर' दिन यादव र सबरवाल चुनावी मैदानमा

सुनिलले वेबसाइटमा आफू पेसाले वकिल र सामाजिक कार्यकर्ता भएको बताएका छन् । उनले राजनीतिक करियर युवा मोर्चाबाट सुरु गरेका थिए ।


नई दिल्ली क्षेत्रबाट २०१५ मा अरविन्द केजरीवालले भाजापाकी उम्मेदवार नुपुर शर्मालाई झन्डै ३१ हजार मतले हाराएका थिए । सन् २०१३ मा भएको विधानसभा चुनावमा केजरीवालले दिल्लीकी तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई २५ हजार मतले हराएका थिए । केजरीवालको लोकप्रियता अगाडि सुनिल यादव फिक्का पर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा केजरीवाललाई पछ्याउनेको संख्या ७५ लाख रहेको छ । सुनिल यादवका भने झन्डै एक लाख फलोअर्स रहेका छन् । त्यस्तै ट्विटरमा केजरीवाललाई १ करोड ६३ लाख र सुनिललाई १६ हजारले पछ्याएका छन् ।


त्यस्तै नई दिल्ली सिटमा भारतीय कांग्रेसले रोमेश सबरवाललाई उम्मेदवार बनाएको छ । कांग्रेसको भातृ संगठन भारतीय राष्ट्रिय विद्यार्थी युनियनका पूर्वअध्यक्ष रहेका सबरवाल पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।


७० सिट रहेको दिल्ली विधानसभाको चुनावका लागि मंगलबार उम्मेदवार मनोनयन दर्ता गर्ने अन्तिम दिन हो । झन्डै एक करोड ४७ लाख मतदाता रहेको दिल्लीमा फेब्रुअरी ८ मा मतदान हुँदैछ । ११ फेब्रुअरीमा मतगणना हुनेछ ।


२०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी(आप) ले ७०मध्ये ६७ सिटमा ऐतिहासिक जित हात पारेको थियो । भाजपाले तीन सिटमा जित हात पार्दा कांग्रेस भने खाली हात भएको थियो । यस पटक पनि विभिन्न एक्जिट पोलको सर्वेक्षणमा आम आदमी पार्टीले नै बहुमत प्राप्त गर्ने देखाइएको छ ।


प्छिल्ला ५ वर्षमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ । त्यसको फाइदा यो चुनावमा आपलाई पुग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रकाशित : माघ ७, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?