३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी रकेट प्रहार

एजेन्सी

बग्दाद — इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै मंगलबार बिहान तीन वटा रकेट प्रहार भएको छ । बग्दाद प्रहरीका अनुसार अमेरिकी दूतावासनजिकै तीन वटा कात्युशा रकेट प्रहार गरिएको हो ।

बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी रकेट प्रहार

बीबीसी संवाददाता नफिसे कोन्वार्डका अनुसार अमेरिकी दूतावासनजिकै रकेट प्रहार भएपछि साइरन बजेको थियो । उनका अनुसार माइकिङ गर्दै सबैलाई सुरक्षित ठाउँमा सेल्टर लिन आग्रह गरिएको थियो ।


इराकी प्रहरीका अनुसार सरकारी भवन र कुटनीतिक नियोग रहेको ‘ग्रीन जोन’ मा जफरनियाँ जिल्लाबाट रकेट प्रहार गरिएको थियो । तीनवटामध्ये दुइटा रकेट अमेरिकी दूतावासनजिकै खसेको थियो । रकेट प्रहारबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।अमेरिकाले इरानले रकेट प्रहार गरेको आरोप लगाए पनि यसको आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।


जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानी जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव सिर्जना भएको छ ।

प्रकाशित : माघ ७, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?