कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुँगुरलाई बन्जी जम्प गराएपछि...

एजेन्सी

बेइजिङ — चीनको एउटा ‘थिम पार्क’मा सुँगुरलाई बन्जी जम्प गराएपछि सामाजिक सञ्जालमा कडा आलोचना भएको छ । दक्षिण पश्चिम चीनको चोङकिङमा रहेको पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सुँगुरलाई बन्जी जम्प गराएपछि त्यसको व्यापक आलोचना भएको हो । 

सुँगुरलाई बन्जी जम्प गराएपछि...

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ६८ मिटरको उचाइबाट सुँगुरलाई डोरीले बाँधेर बन्जी गराइएको देखिन्छ । सुँगुर पीडाले कराइरहेको छ, वरपर रहेका मानिसहरु भने आनन्द मानेर हाँसिरहेको दृश्यमा देखिन्छ । तर अर्धचेत अवस्थामा पुगेको सुँगुरलाई त्यसपछि वधशालामा लगिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सुँगुरको तौल ७५ किलोग्राम रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।


चिनियाँ सञ्चारमाध्यमका अनुसार चोङकिङको मेक्सिन रेड वाइन टाउनमा नयाँ बन्जी जम्पको प्रवर्द्धनका लागि सुँगुरको प्रयोग गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि सुँगुरमाथि अमानवीय व्यवहार गरेको भन्दै स्थानीयले आलोचना गरेका छन् । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले सुँगुरको प्रयोग मार्केटिङ स्टन्ट भएको भन्दै लेखेको छ, ‘जनावरसँग गरिएको यो अत्यन्तै दुःखद व्यवहार हो । यो निकै घिनलाग्दो मार्केटिङ आइडिया हो ।’ ग्लोबल टाइम्सले ‘सुँगुर ठीक भएको र स्टन्ट गराउने मान्छे बेठीक’ भएको पनि लेखेको छ ।


जनावरहरुमाथि गरिने अत्याचारमा चीनमा कुनै कारबाही हुने गरेको छैन । तर केही वर्षदेखि पशुअधिकारका पक्षमा आवाज भने बढ्दै गएको छ ।


व्यापक आलोचना भएपछि थिम पार्कले माफी मागेको छ । ‘हामी नागरिकको आलोचनालाई स्वीकार गर्दै माफी माग्न चाहन्छौँ । हामी पर्यटकीय क्षेत्रको मार्केटिङमा सुधार गर्नेछौँ ।’

प्रकाशित : माघ ६, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?