१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उत्तर कोरियाली विदेशमन्त्री परिवर्तन

एजेन्सी

सोल — री योङलाई उत्तर कोरियाली विदेशमन्त्रीको जिम्मेवारीबाट हटाइएको छ । सोल आधारित एनके न्युजले शनिबार जनाएअनुसार उनको पदमा कसलाई ल्याइयो भन्ने प्रस्ट भएको छैन ।

उत्तर कोरियाली विदेशमन्त्री परिवर्तन

उत्तर कोरियाली मामिला हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले रीको परिवर्तनलाई नजिकबाट नियाल्नुपर्ने बताएको छ । प्योङयाङको प्रतिष्ठित विदेशी भाषा विश्वविद्यालयमा अध्ययन गरेका रीलाई अंग्रेजीलगायतका पश्चिमा भाषाको राम्रो ज्ञान छ ।


पश्चिमा राष्ट्रसँग उच्च तहको सम्झौतामा वर्षौंदेखि रीको संलग्नता रहँदै आएको थियो । एक्कासि गरिएको उनको परिवर्तनसँगै अमेरिका र उत्तर कोरियाबीच रोकिएको वार्ताको भविष्यबारे पनि चिन्ता व्यक्त गरिएको छ ।


सन् २००३ देखि २००७ सम्म उनी बेलायतका लागि उत्तर कोरियाका राजदूत थिए भने प्योङयाङको आणविक कार्यक्रमबारे ६ वटा सरोकारवाला पक्षसँगको बैठकमा उनले उपविदेशमन्त्रीको हैसियतमा देशको प्रतिनिधित्व गरेका थिए ।

प्रकाशित : माघ ४, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?