१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हङकङमा ‘एक देश, दुई प्रणाली’ सन् २०४७ पछि पनि कायम रहन सक्छ : नेतृ लाम

एजेन्सी

हङकङ — हङकङकी नेतृ क्यारी लामले बेइजिङप्रति इमान्दार भए ‘एक देश, दुई प्रणाली’ सन् २०४७ को समयसीमापछि पनि कायम रहने बताएकी छिन् । 

हङकङमा ‘एक देश, दुई प्रणाली’ सन् २०४७ पछि पनि कायम रहन सक्छ : नेतृ लाम

बिहीबार हङकङको विधान परिषद्‍मा सम्बोधन गर्दै नेतृ लामले ‘एक देश, दुई प्रणाली’ ले हङकङका नागरिकलाई चीनका अन्य भूभागमा भन्दा धेरै स्वतन्त्रता दिएको बताएकी हुन् ।

सन् १९९७ मा बेलायतले आफ्नो उपनिवेश रहेको हङकङ चीनलाई हस्तान्तरण गरेको थियो । बेलायतसँग सम्झौतामा चीनले हङकङमा सन् २०४७ सम्म पश्चिमा शैलीकै संस्थागत संरचना हुने प्रतिबद्धता जनाएको थियो । अहिलेको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय मञ्चमा 'हङकङ, चीन'को रुपमा उपस्थिति जनाउँछ । यसअन्तर्गत मुख्य भूमि चीनको तुलनामा हङकङका जनताले उच्च स्वतन्त्रता अभ्यास गर्दै आएका छन् ।

‘हामीले एक देश, दुई प्रणाली’ सिद्धान्तको पालना र अभ्यास गर्यौँ भने सन् २०४७ पछि पनि यसले निरन्तरता पाउनेछ,’ नेतृ लामले भनिन् ।

गत वर्षको जुनदेखि लोकतन्त्र र पूर्ण स्वायत्तता माग गर्दै प्रदर्शन भइरहेको छ ।

प्रकाशित : माघ २, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?