३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वर्षा र हिमपहिरोले पाकिस्तानमा मृत्यु हुनेकाे संख्या ८२ पुग्याे [अपडेट]

अफगानिस्तानमा ३९ ले ज्यान गुमाए
एजेन्सी

पाकिस्तानका विभिन्न क्षेत्रमा तीन दिनकाे भारी वर्षा र हिमपहिरोका कारण मृत्यु हुनेकाे संख्या ८२ पुगेकाे छ । पाकिस्तानको दैनिक पत्रिका 'डन'का अनुसार मौसमको खराबीका कारण बलुचिस्तान र कश्मिर क्षेत्रमा ठूलो क्षति भएको छ ।

वर्षा र हिमपहिरोले पाकिस्तानमा मृत्यु हुनेकाे संख्या ८२ पुग्याे [अपडेट]

समाचार संस्था रोयटर्सले पाकिस्तान प्रशासित कश्मिरमा मात्रै पछिल्लो २४ घन्टामा ५५ जनाले ज्यान गुमाएको जनाएको छ । बलुचिस्तानमा २० र निलम भ्यालीमा ५९ जनाको मृत्यु भएको छ । थुप्रै मानिसहरु हराइरहेको र मृतकहरुको संख्या बढ्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।

पाकिस्तानका विपद् व्यवस्थापन अधिकारी मोहम्मद युनुसले 'डन'लाई भनेअनुसार मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका छन् ।

पाकिस्तानको छिमेकी अफगानिस्तानमा पनि खराब हिमपहिरोमा परी ३९ जनाले ज्यान गुमाएको अलजजिराले उल्लेख गरेको छ । भारत प्रशासित कश्मिरमा पनि १० जनाको मृत्यु भएको छ ।

प्रकाशित : पुस २९, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?