१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इरान विमान दुर्घटनाका पीडितलाई न्याय दिलाउँछु: ट्रुडो

एजेन्सी

अलबर्टा — क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानमा गत साता भएको विमान दुर्घटनाका पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । इरानको राजधानी तेहरान नजिकै गतसाता भएको विमान दुर्घटनामा ५७ जना क्यानडेली नागरिकको ज्यान गएको थियो ।

इरान विमान दुर्घटनाका पीडितलाई न्याय दिलाउँछु: ट्रुडो

इरानी सेनाले भूलवश आफूहरूले क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनी विमान दुर्घटना भएको स्वीकार गरिसकेको छ । दुर्घटनामा ८२ जना इरानी र ११ जना युक्रेनीसहित स्विडेन, यूके, अफगानिस्तान र जर्मनीका यात्रुको ज्यान गएको थियो ।

अल्बर्टन राज्यको राजधानी एडमन्टनमा सोमबार बोल्दै ट्रुडोले दुर्घटनाबारे इरानसँग प्रस्ट जवाफ माग्ने बताए । ‘यस्तो विपत्ति कहिल्यै निम्तनु हुँदैनथ्यो । यो अभूतपूर्व अप्ठेरो समयमा म तपाईंहरूलाई मेरो पूरा समर्थन रहेको प्रतिबद्धता जनाउन चाहन्छु,’ एडमन्टनको विश्वविद्यालय परिसरमा उपस्थित २ हजार ३ सय मानिसलाई सम्बोधन गर्दै ट्रुडोले भने ।


‘हामी जवाफ नपाएसम्म विश्राम लिनेछैनौं,’ दुर्घटनामा ज्यान गुमाउनेहरूको स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘तपार्हंरूको दुःखमा पूरै देश सँगै उभिएको छ ।’ दुर्घटनामा परेका ५७ मध्ये १३ जना एडमन्टनका हुन् ।


विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएका विषयमा ‘झुट बोलेको’ भन्दै इरानको राजधानी तेहरानमा आइतबार सुरु भएको प्रदर्शन चर्केको छ ।


यसअघि सरकारविरुद्ध कडा नाराबाजी गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले इरानी सर्वोच्च नेताको कडा विरोध गरेका बीबीसीले उल्लेख गरको छ । तेहरानका प्रदर्शनमा उत्रेकामाथि इरानी रेभोलुसनरी गार्डअन्तर्गतको दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाइएको छ । तेहरान प्रहरी प्रमुख हुसेन रहिमीले प्रदर्शनकारीमाथि बल प्रयोग नगरिएको दाबी गरेका छन् ।

प्रकाशित : पुस २९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?