इरानका लागि बेलायती राजदूत पक्राउ, तीन घण्टापछि रिहा- विश्व - कान्तिपुर समाचार

इरानका लागि बेलायती राजदूत पक्राउ, तीन घण्टापछि रिहा

एजेन्सीहरु

विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको भन्दै इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् ।

कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ । राजदूतलाई करिब तीन घण्टापछि छोडिएको थियो ।

गत हप्ता तेहरानमा दुर्घटनाग्रस्तयुक्रेनी विमानलाई भूलवशखसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनपछि इरानका लागि बेलायती राजदूतलाई पक्राउ गरिएको हो ।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई बेलायतले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघनभनेको छ । राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएका समय इरानी अधिकारीले उनलाई पक्राउ गरेका बताइएको छ ।

यसैबीच, बेलायतको विदेशमन्त्री डोमिनिक राबले एक वक्तव्य जारी गर्दै भने, 'तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघनहो ।'

तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उनी इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि एक विज्ञप्तिमार्फत बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'उहाँलाई पक्राउ गरिएको थिएन तर गैरकानूनीरूपमा गरिएको भेलामा अपरिचित विदेशीदेखिएपछि पक्राउ गरी सोधपुछ गरिएको थियो । उहाँको परिचय खुलेपछि प्रहरीले उहाँलाई करिब १५ मिनेटपछि रिहा गरेको थियो ।'

प्रकाशित : पुस २७, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्

खिचरा महोत्सव : चिच्चरकै मूर्ति, चिच्चरकै खान्की

रमेशकुमार पौडेल

चितवन — पूर्वी चितवनको खैरहनी जबकौलीको गौचरनमा आइतबारबाट सातौं खिचरा महोत्सव सुरु भएको छ । माघे संक्रान्तिका बेलामा थारु समुदायले मनाउने विशेष पर्व हो खिचरा । यो पर्वको खास खान्की हो चिच्चर । महोत्सव हेर्नले थारु समुदायले पकाउने परिकारको स्वाद लिन पाउने छन् । थारुहरुको संस्कार, संस्कृति, औजार उपकरणहरु हेर्ने अवसर पनि प्राप्त हुने छ ।

माघ एक गतेलाई नयाँ वर्ष मानेर पश्चिम तराईका थारुहरुले ‘माघी’ मनाउने गर्दछन् । पूर्वी तराइका थारुहरुले खिचडा र चितवन नवलपुर क्षेत्रका थारुहरुले खिचरा भन्ने गर्दछन् । खिचराको मुख्य परिकार अनदी धानको चामललाई बाफमा पकाएर बनाएको नरम भात अर्थात चिच्चर हो । चिच्चर भोर्ला वा केराको पातमा पोको पारेर राख्ने र आगोमा पोलेर खाने चलन छ । यसलाई थारु समुदायहरु ‘पोका’ भन्ने गर्दछन् ।खिचरा महोत्सव छिर्ने बित्तिकै ‘पोका’ र घोगीको मुर्ती देख्न पाइन्छ । त्यहाँ फोटो र सेल्फी खिच्न चाहनेको राम्रै जमघट हुन्छ । ‘चिच्चर पोका, घोगी, हाँसको मासु र माछा हाम्रो विषेश परिकार हो ।

महोत्सव हेर्न आउनेले चिच्चर पोका र घोगीको मूर्तिअघि उभिएर फोटो मात्रै खिच्न पाउँदैनन् । पेट भरी खान पनि पाउँछन्’ महोत्सव सत्कार समितिका संयोजक चन्द्रा चौधरीले भनिन् । थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ चितवनले सात वर्षदेखि माघीका बेलामा प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । माघ आठ गतेसम्म चल्ने महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले उद्घाटन गरे । उद्घाटनअघि निस्केको शोभायात्रामा थारु समुदायको खास झाँकी हेर्न पाइएको थियो । महोत्सवमा आउने नयाँ पुस्तासमेत आफ्नै पहिरन र गहनामा झकिझाउ भएका थिए ।

महोत्सव छिर्ना साथ चिच्चर पोका र घोगीको मूर्ति मात्रै नभएर थारु समुदायको परम्परागत ब्रहृमथान, परेवाको घर र अन्य परम्परागत औजारहरु पनि हेर्न पाइन्छ । ‘ब्रहृमथान भनेको थारु समुदायका व्यक्तिहरु जम्मा भएर कुललाई सम्झेर पुजा गर्ने ठाउँ हो । ‘जेठ र असारको बीच धानमा रोग नलागोस्, उब्जनी नघटोस भनेर गुरौंले पूजा गर्दछन्’ थारु समुदायका अगुवा बासु चौधरीले भने ।


प्रकाशित : पुस २७, २०७६ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×