१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

युक्रेनी विमान खसाएको विरोधमा प्रदर्शन

बीबीसी

तेहरान — मिसाइल प्रहार गरी युक्रेनी विमान खसाएको विरोधमा इरानको राजधानी तेहरानमा प्रदर्शन गरिएको छ ।
इरानी अधिकारीले विमान खसाएको विषयलाई ढाकछोप गरेको भन्दै सयौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । केही विश्वविद्यालयमा समेत प्रदर्शन भएको बीबीसीले लेखेको छ ।

युक्रेनी विमान खसाएको विरोधमा प्रदर्शन

विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै प्रदर्शनकारीले इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शन चर्किंदै गएपछि स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।

प्रदर्शनको समर्थन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले ट्वीटसमेत गरेका छन् ।


इरानले गत बुधबार विमान ‘भूलबश’ खसाइएको भन्दै शनिबार स्वीकार गरेको थियो । युक्रेनी अन्तर्राष्ट्रिय एयरलाइन्सको फ्लाइट पी एस ७५२ विमान तेहरानमा रहेको इमाम खोमेइनी एयरपोर्ट नजिकै उडेको केही क्षणमा खसाएको थियो ।विमानमा सवार १७६ सबै यात्रुको मृत्यु भएको थियो ।

प्रकाशित : पुस २७, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?