२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इरानद्वारा १६ ब्यालेस्टिक मिसाइल प्रक्षेपण

एजेन्सीहरू

अमेरिकासँगको द्वन्द्वका बीच इरानले तीन स्थानबाट १६ वटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बताएका छन् ।

इरानद्वारा १६ ब्यालेस्टिक मिसाइल प्रक्षेपण

एस्परले पत्रकारलाई १६ वटा मिसाइल मध्ये ११ आएन अल असद हवाई शिविरमा र अर्को इर्बिल नजिकैको शिविरमा प्रक्षेपण गरिएको यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताए ।


इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत् दिएको केही समयपछि इरानले यो क्षेप्यास्त्र हानेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिविरमा २२ ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ ।


मंगलबारमात्रै अमेरिकाले आफ्नो पाँचौं पुस्ताको एफ-३५ लडाकू विमान मध्यपूर्वमा उडाएर शक्ति प्रदर्शन गरेको थियो ।

प्रकाशित : पुस २४, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?