कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : ट्रम्प

रासस/एएफपी

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन् । अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हुन्। 

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : ट्रम्प

राष्ट्रपति ट्रम्पले बुधबार राति सो जानकारी दिएका हुन् । उनले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् गत राति सार्वजनिक सम्बोधन गरेका थिए ।


राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवं सैनिकतर्फ पनि कुनै क्षति नभएको बताए । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले सो हमला गरेको थियो ।

इराकी अर्धसैन्य बलका प्रमुखको हत्याको बदला लिने भन्दै इरानले बुधबार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो ।


राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा रहेका बेला उक्त सम्बोधन गरेका हुन् । आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो आक्रमणबाट इरान नै तल परेको बताए । उनले मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि बताए । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने पनि बताए । उनले अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको बताए । राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गरे ।

इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उनकाे जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने पनि बताए । उनले अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आक्रमण भए इरानमाथिको नाकाबन्दीमा अहिलेको तुलनामा थप कडाई गर्ने समेत बताए।

राष्ट्रपति ट्रम्पले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी पनि गरे ।

इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता त्यागेर सही काम गरेको पनि बताए ।

प्रकाशित : पुस २४, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?