कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैन : अमेरिकी रक्षामन्त्री 

एएफपी

वासिङ्टन — अमेरिकी रक्षामन्त्री मार्क एस्परले इराकबाट आफ्ना सेना फिर्ता नहुने बताएका छन् । एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् रक्षामन्त्री एस्परले अहिले फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन् । 

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैन : अमेरिकी रक्षामन्त्री 

इराकी संसदले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी संकल्प प्रस्ताव पारित गरेपछि ती सैन्य अधिकारीले उक्त पत्र लेखेका थिए । इराकमा इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्यौल सिर्जना भएको छ ।


इराकी प्रधानमन्त्रीले आफ्नो मुलुकबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता नगर्ने बताइसकेका छन् ।


गत शुक्रबार अमेरिकी सेनाको इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानीलाई इराकको राजधानी बग्दादमा अमेरिकाको ड्रोन आक्रमणबाट मारिएपछि त्यस क्षेत्रमा तनाव सिर्जना भएको छ ।


इरानका सर्वोच्च नेता आयोतुल्लाह खामेनीले सुलेमानीको हत्याको विरोधमा अमेरिकासँग कडा बदला लिने चेतावनी दिएका छन् ।


सुलेमानीको मृत्युमा इरानले देशभरी नै तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रकाशित : पुस २२, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?