कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुलेमानीको शवयात्रामा झन्डै ३५ जनाको मृत्यु

एजेन्सी

इरान — अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको शवयात्रामा झन्डै ३५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । कमान्डरको शवयात्रामा सरिक भएकाहरु भागदाैडका क्रममा उनीहरुकाे मृत्यु भएकाे हाे । अन्य ४८ जना भने घाइते भएका छन् ।

सुलेमानीको शवयात्रामा झन्डै ३५ जनाको मृत्यु

सुलेमानीकाे शव गाड्न हाललाई स्थगित गरिएकाे छ । उनकाे शव गृहनगर केरमनमा राखिएकाे छ । शवयात्रामा लाखाै‌ंकाे स‌ंख्यामा मानवसागर उपस्थित छन् ।

शुक्रबार अमेरिकाले गरेको आक्रमणमा परी सुलेमानीको इराकको राजधानी बगदादमा मृत्यु भएको थियो ।अमेरिकाले गरेको यो एयर स्ट्राइक (ड्रोन हमला) पछि इरान र अमेरिकाबीच तनाव बढेको छ ।सुलेमानी हत्यापछि इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग हत्याको बदला लिने बताएका छन् ।


प्रकाशित : पुस २२, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?