१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्ट्रेलिया डढेलो : वायु प्रदुषण भएपछि लाखौं मास्क वितरण गरिँदै

नारायण खड्का

अस्ट्रेलिया — लगातारको डढेलोका कारण वातावरण अत्यन्तै प्रदुषित भएपछि अस्ट्रेलियाली केन्द्र सरकारले लाखौं मास्क वितरण सुरु गरेको छ । अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायुसमेत प्रदुषित बनेको छ । 

अस्ट्रेलिया डढेलो : वायु प्रदुषण भएपछि लाखौं मास्क वितरण गरिँदै

गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ । यो गत अगस्टमा क्युबाको अमेजन जंगलमा लागेको आगलागीले पुर्‍याएको क्षतिभन्दा दोब्बर हो । अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भिक्टोरियामा लागिरहेको आगलागीका कारण प्रभावितहरुलाई ४ लाख ५३ हजार फेस मास्क प्रदान गरिएको उल्लेख गरिएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले जारी गरेको उक्त विज्ञप्तिमा मास्क मुख्य गरेर आगलागी नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरु र डढेलोका कारण प्रत्यक्ष प्रभावितहरुलाई वितरण गरिनेछ ।

सरकारद्वारा प्रदान गरिएको मास्क पि–२ अर्थात एन ९५ मास्क जसले प्रदुषित हावामा भएको अत्यन्तै साना पदार्थहरुलाई छान्न सक्ने क्षमता राख्दछ । यो मास्कले डढेलोबाट उत्पन्न धुवाँले प्रदुषित बनाएको वायुलाई सास फेर्ने क्रममा सहयोग पुर्‍याउने बताइएको छ । स्वास्थ्यमन्त्री हन्टले केन्द्र सरकारको डढेलोबाट प्रभावितहरुलाई सहयोग गर्ने नीति अनुरुप मास्कहरु उपलब्ध गराइएको बताएका छन् ।

यसैगरी क्यानबेरामासमेत केन्द्र सरकारले १ लाख यस्तै मास्कहरु वितरण गर्ने भएको छ । विगत दुई सातादेखि क्यानेराको वायु अत्यन्तै प्रदुषित रहेका कारण आगलागी नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका र उच्च जोखिममा रहेका सर्वसाधारणलाई वितरण गरिने बताइएको छ । सिड्नी, मेलबर्न, क्यानबेरा लगायतको वायु प्रदुषण भएपछि बजारमा मास्कको अभाव भएको समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

लगातारको आगलागीका कारण यहाँका प्राय सबै राज्यको वायु प्रदषित छ । भिक्टोरियामा लागेको आगलागीका कारण न्युजिल्यान्डको केही क्षेत्रसमेत प्रभावित बनेको छ । मुख्य गरेर क्यानबेराको वायु प्रदुषणका कारण उक्त क्षेत्रको महत्वपूर्ण स्थानहरु नेसनल ग्यालरी, म्युजियम, अस्ट्रेलियन नेसनल युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा बन्द गरिएको छ भने क्वान्टासले आफ्ना सबै फ्लाइटहरु रद्द गरेको जनाइएको छ ।

आगलागीका कारण अहिलेसम्म न्यु साउथ वेल्समा मात्र १८ जनाले ज्यान गुमाइसकेका छन् भने दक्षिण अस्ट्रेलिया र भिक्टोरियामा समेत करिब १ दर्जनले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म भिक्टोरियामा ७ जना हराइरहेका छन् । दर्जनौं स्थानमा अहिले पनि आगलागी भइरहेको छ । आगलागी नियन्त्रणका लागि ३ हजार बढी सेना खटाइएको छ ।

प्रकाशित : पुस २०, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?