कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

इन्डोनेसियामा बाढीमा मृत्यु हुनेको स‌ंख्या ४६ पुग्यो, ४ लाख मानिस विस्थापित

(एएफपी)

जाकार्ता — इन्डोनेसियाको राजधानी जाकार्तामा आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । अधिकारीका अनुसार शुक्रबार साँझसम्म बाढीका कारण कम्तीमा ४ लाख मानिस विस्थापित भएका छन् ।

इन्डोनेसियामा बाढीमा मृत्यु हुनेको स‌ंख्या ४६ पुग्यो, ४ लाख मानिस विस्थापित

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार तीमध्ये धेरैजसोको जाकार्तामा ज्यान गएको हो । अत्यधिक वर्षासँगै राजधानी जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएपछि जनजीवन निकै प्रभावित भएको छ । नदीहरूमा पानीको तह निकै बढेपछि राजधानी जाकार्तासहित १८२ वटा छिमेकी स्थानमा बाढी आएको हो । सयौं घरमा क्षति पुगेको छ । त्यसैगरी, बोगोर र डेपोक जिल्लामा पहिराले दर्जनौं घरमा क्षति पुगेको छ ।


अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीपहिरोका कारण विस्थापित दसौं हजार स्थानीयलाई अस्थायी शिविरमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा कार पानीमा तैरिएका देखिन्छन् । सामाजिक मामिलामन्त्रीले ‘मृत्यु हुनेको संख्या ४६ पुगेको’ जनाए ।


अत्यधिक वर्षासँगै पानीको सहत बढेपछि स्थानीय मानिस निकै आत्तिएका थिए । ‘पानीको सतह निकै बढ्यो । हामीले के गर्ने भन्ने सोच्नै सकेनौं,’ स्थानीय एक महिलाले भनिन् । जाकार्तामा सन् २०१३ मा गएको विनाशकारी बाढीका कारण ५७ जनाको ज्यान गएको थियो ।


प्रकाशित : पुस १९, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?