कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इरानले ठूलो मूल्य चुकाउनुपर्नेछ : ट्रम्प

(एएफपी)

वासिङ्टन — इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । 

इरानले ठूलो मूल्य चुकाउनुपर्नेछ : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई फोन गरेर घटनाप्रति आपत्ति जनाएका हुन् । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा इरान निकटका इराकी प्रदर्शनकारीले आक्रमण गरेका आरोप वासिङ्टनको छ । टेलिफोन कुराकानीका क्रममा दुई नेताले क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरे ।



राष्ट्रपति ट्रम्पले इराकमा रहेका अमेरिकी नागरिकको सुरक्षामा विषेश जोड दिएको राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जारी विज्ञप्तिमा उल्लेख छ । ‘इरानी पक्षले अमेरिकी दूतावासमा ‘नियोजित आक्रमण’ गराएको छ,’ विज्ञप्तिमा छ ।


प्रकाशित : पुस १७, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?