कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कश्मीर भिडन्तमा नेपालीसहित २ सैनिकको मृत्यु

एजेन्सी

श्रीनगर — भारतको जम्मू-कश्मीरमा आतंकवादीसँगको झडपमा एक नेपाली युवासहित २ जना भारतीय सैनिकको ज्यान गएको छ ।

कश्मीर भिडन्तमा नेपालीसहित २ सैनिकको मृत्यु

बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु गएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन् ।

२५ वर्षीय अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय सावन्त नायक पदमा कार्यरत रहेको पनि भारतीय सेनाले जनाएको छ । अर्जुनको घर गोरखाको रिप गाउँ भएको पनि भारतीय सेनाले जानकारी दिएको छ ।

ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको जनसम्पर्क अधिकृत आनन्दले जनाएका छन् । उनले दुवै जना साहसी र बहादुर भएको पनि बताए । ‘नायक रघुनाथ र राइफलम्यान मगर बहादुर र जिम्मेवार सिपाही थिए । उनीहरुको सर्वोच्च सहादत र जागिरप्रतिको वफादारीलाई देशले सधैँ सम्झनेछ,’ उनले भने ।

सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ ।

प्रकाशित : पुस १७, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?