१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालीभाषी हर्षवर्द्धन भारतका नयाँ विदेश सचिव

मनोज बोगटी

दार्जिलिङ — नेपालीभाषी हर्षवर्द्धन शृङ्ला भारतको नयाँ विदश सचिव बन्ने भएका छन् । दार्जिलिङका ५७ वर्षीय शृङ्ला अनुभवी कुटनीतिज्ञ हुन् ।

नेपालीभाषी हर्षवर्द्धन भारतका नयाँ विदेश सचिव

आउँदो जनवरी २८ मा वर्तमान विदेश सचिव विजय गोखलेको कार्यकाल पूरा हुनेछ। शृङ्लाले उनैको स्थान लिनेछन्। २९ जनवरीमा उनले विदेश सचिवको पदभार ग्रहण गर्नेछन्। मन्त्रिमण्डलको नियुक्ति समितिले नयाँ विदेश सचिवका रूपमा उनको नियुक्तिलाई स्वीकृति दिएको हो।

शृङ्ला भारतमा अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञ मानिन्छन् । कुटनीतिक अधिकारीको रूपमा उनले ३५ वर्ष नयाँ दिल्ली र विदेशमा विभिन्न पदमा बसेर काम गरिसकेका छन् । यसभन्दा अघि उनी थाइल्याण्डमा भारतका राजदूत रहिसकेका छन्।

शृङ्लाले संयुक्त सचिवको रूपमा बंग्लादेश, श्रीलङ्का, म्यान्मार र माल्दिभ्ससम्बन्धी मामिला हेरिरहेका छन् ।

मन्त्रालयमा उनी संयुक्त राष्ट्र राजनीतिक र सार्क डिभिजनका प्रमुख पनि रहिसकेका छन्। शृङ्लाले नेपाल र भुटानसँग सम्बन्धित उत्तरी डिभिजनका निर्देशकका रूपमा पनि काम गरिसकेका छन् ।

हर्षवर्द्धन अहिले अमेरिकाका लागि भारतीय राजदूतको जिम्मेवारीमा छन् । उनी आमा हरिदेवी बस्नेत , श्रीमती (हेमल) र छोरासँगै उनी अमेरिकामा नै बसोबासो गरिरहेका छन्। उनका आमा हरिदेवी र बुबा (दिवङ्गत) छिरिङ तेन्दुप्ला दुवै दार्जिलिङ निवासी हुन्।

हर्षवर्द्धन चोकिला लायरका भदा हुन्। लायर भारतकै पहिलो महिला विदेश सचिव हुन् । फुपू विदेश सचिव रहेको १८ वर्षपछि उनी पनि त्यही पदका लागि नियुक्त भएका हुन्। उनका बुबासमेत भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रक थिए।

हर्षवर्द्धनकी श्रीमती हेमाल गुजराती मूलकी हुन् । उनका छोरा अशोक वर्द्धन अमेरिकामा पढिरहेका छन् ।

प्रकाशित : पुस १०, २०७६ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?